२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

महोत्तरी  । बर्दिवास मेडिकल कलेजको बिषयमा सर्वोच्च अदालतको अन्तिम सुनुवाइ नजिकिदै गर्दै गृह ठाउँ महोत्तरीमा भने अनेक टिक्काटिपन्नी सुरु भएका छन ।

Advertisement

मधेश प्रदेशको मध्यविन्दु वन्नेगरी बर्दिबास नगरपालिकामा प्रस्ताव गरिएको मेडिकल कलेजलाई लिएर स्थानिय स्तरमा नै आरोप -प्रत्यारोप बढेका हुन ।बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले मेडिकल कलेजका नाममा गलत अफवाह फैलाइएको वताएका छन ।सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दालाई प्रभावित वनाउने गरि नगरप्रमुख नै लागीपरेको भन्ने आरोपको प्रमुख क्षेत्रीले खण्डन गरेका हुन ।पर्यावरण अभियन्ता देवनारायण महतोले रुखहरु काटिने कारण देखाउदै हालेको रिटमाथी सर्वोच्च अदालतले ११ फाल्गुन, २०७८ मा अन्तरिम आदेश जारी गरेको  थियो ।

त्यसपछी १५ औ पटकसम्म चलेको पेशी तारेक सकिएसगैँ अदालतले २७ चैत्रमा फैसला सुनाउदै छ । यही विचमा प्रस्तावित ठाउँमा मेडिकल कलेज वनाउन नगरप्रमुख क्षेत्रीले नै चलखेल गरिरहेको आरोप लागीरहेको वेला उन्ले यस्तो प्रष्टिकरण दिएका हुन ।प्रस्तावित ठाउँमा नै मेडिकल कलेज वनाउन हामीले कार्यापालिकावाट निर्णय गरिसकेका छौ ।` उन्ले भने । ` सोही निर्णयलाइ हामीले मेडिकल कलेज पुर्वाधार निर्माण आयोजनालाइ पठाइसकेका छौ ।´

पत्रकारहरुसगँको भेटमा नगरप्रमुख क्षेत्रीले प्रस्तावित जग्गाको वरपर जग्गा किनेर बसेका भुमाफियाहरुले उक्त अफवाह फैलाएको भन्दै आक्रोश ब्यक्त गरे ।मधेश प्रदेश कै गौरव वोकेको मेडिकल कलेजलाइ प्रस्तावित ठाउँमा वनाउन नदिन केही तत्वहरु लागीपरेको वताउदै नगरप्रमुख क्षेत्रीले हैसियत मासिएको वन क्षेत्रमा नै मेडिकल कलेज वन्नुपर्ने अडान लिएका छन ।अनुमानित ३० अर्व बजेट लाग्ने अनुमान गरिएको मेडिकल कलेज निर्माणको पारम्भिक चरणमा नै यसअघि डिपिआर देखि कार्यालय खर्चसम्म आइपुग्दा ६ करोड भन्दा बढी खर्च भैइसकेको छ ।

`मेडिकल कलेज वनाउदा पनि हामील हरित मेडिकल वनाउनुपर्छ भनेका छौ ।´  नगरप्रमुख क्षेत्रीले भने ।रुखहरुको बदलामा नगर क्षेत्रमा १ लाख ५० हजार बिरुवा रोप्ने पनि आफुहरुले प्रतिबद्धता जनाइसकेको नगरप्रमुख क्षेत्रीको दावी छ ।बर्दिबास नगरपालिका वडा न.४ स्थित माइस्थान सामुदायिक वनभित्र करिव ४९ हेक्टर क्षेत्रमा निर्माण प्रक्रियाको लागी डिपिआर समेत तयार भएको थियो ।वातावरणिय प्रभाव मुल्यांकन  सकिसकेको उक्त क्षेत्रमा १ हजार ९ सय ६७ रुख काटिने उल्लेख भएतापनी डिपिआर निर्मणको लागी परामर्श सेवा प्रदायक संस्था जेभिले भने निर्माणस्थलमा २ सय पनि रुख नकाटिने उल्लेख गरेको छ ।

स्वतन्त्रवाट निर्वाचित भएकै कारण आफू राजनिती दलहरुको घेरावन्दिमा परेको नगरप्रमुख क्षेत्रीको आरोप छ । उन्ले बर्दिबासको विकासमा आफू जुनसुकै दलसगँ सहकार्य गर्ने तयार रहेको पनि वताए ।तर विकास निर्माणका कामहरुलाइ अवरोध पुग्नेगरी कोहीपनी लाग्न नहुने र नलाग्न नगरप्रमुख क्षेत्रीले आग्रह गरेका छन ।

प्रतिकृया दिनुहोस्

Flash News

पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ निर्वाचन आयोग र राजनीतिक दल बीच आज छलफल हुँदै कांग्रेसको सदस्यता र नवीकरण अनलाइनमार्फत भर्न सकिने हेटौंडा अस्पताल र मेडिकल स्टोर पथलैयामा स्वास्थ्य मन्त्रीको आकस्मिक निरीक्षण मोरङमा स्कुटर चालकको निधन : ठक्कर दिने बसमा आगजनी, स्थिती तनावग्रस्त अबैध सामानसहित एक महिला पक्राउ यस बर्षको मिस वर्ल्ड भारतमा हुने