१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

भैरहवा । भैरहवमा स्तर क्यान्सरको विशेषज्ञ सेवा सुरु भएको छ । विगत १२ वर्षदेखि क्यान्सर उपचारमा लागेका डाक्टर सञ्जय पाण्डेको नेतृत्वले भैरहवाबाट स्तन क्यानसरको शल्यक्रिया सम्मको सेवा सुरु गरेको हो । 

भैरहवाको ओजस अस्पतालबाट स्तन क्यानसरको सबै उपचारको व्यवस्था गरिएको छ । हालै मात्रै स्तन क्यान्सरको सफल शल्यक्रिया गरेका डाक्टर पाण्डेले अब स्तन क्यानसरको भैरहवामै शल्यक्रियासम्मको उपचार हुने जानकारी दिए । क्रमिक रुपमा स्तन क्यानसरका विरामीहरुको संख्या बढ्दै गएको छ । जनचेतनाको अभाव र पहुच नहँुदा कतिपयको ज्यान जाने गरेको भए पनि स्तन क्यान्सरको उपचार कम खर्चिलोमै गराउन सकिने गरी सेवा भैरहवामा सुरु भएको छ ।  चितवन, काठमाडौंलगायतका क्षेत्रमा हुँदै आएको शल्यक्रिया अब अत्याधुनिक तरिकाले भारतको मेदान्ता जस्तो स्तरको शल्यक्रिया कक्षबाट शल्यक्रिया गर्ने गरी व्यवस्था मिलाइएको डाक्टर पाण्डेले भने । 

महिलामा मात्रै नभएर पुरुषमा पनि स्तर क्यान्सर हुन सक्छ ।  महिला भन्दा पुरुषको स्तन क्यानसर घातक मनिन्छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार अहिलेकै गतिमा पुरुषमा क्यान्सर बढ्दै गयो भने सन् २०३० सम्ममा विश्वका हरेक पाँच मध्ये एक जनालाई ७५ वर्ष अघि नै स्तन क्यान्सर हुने सम्भावना रहेको छ । 
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा राज्यको लगानी बालुवामा पानी : आफ्नो भवन छाडेर भाडाको घरबाट सेवा थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै प्रधानन्यायधिसको मर्यदाक्रम घटाएपछि न्यायलय तरंगित