१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

काठमाडौं । सरकारले कुष्ठरोग उन्मुलनको घोषणा गरे पनि नियन्त्रणमा भने चुनौती देखिएको छ । कुष्ठरोग स्वास्थ्य समस्यासँगै सामाजिक समस्या रहेकाले यसको अन्त्यका लागि विभेदकारी कानुन संशोधन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् । 

Advertisement

२५औं अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा काठमाडौंमा एशोसिएसन फर आईडिया नेपालले आयोजना गरेको सम्मान कार्यक्रमका वक्ताहरुले कुष्ठरोग निवारणका लागि राज्यका सबै तह र तप्का संवेदनशील भएर आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए । करिब तीन लाख सक्रिय संक्रमित कुष्ठरोगी रहेका र वार्षिक तीज हजार ५०० सम्म कुष्ठरोगी थपिने गरेको कार्यक्रममा जानकारी दिइयो ।सन् २०२३ मै नेपाललाई कुष्ठरोग उन्मुलन राष्ट्रको घोषणा गरिएको थियो । तर, कुष्ठरोग उन्मुलन राष्ट्रको घोषणा गरिए पनि अझै वार्षिक ३५ सयसम्म संक्रमित थपिँदा निवारणमा चुनौती थपिएको सरोकारवालाको भनाइ छ । 

देवानी संहिता २०७४मा कुष्ठरोगसम्बन्धी केही कानुनी व्यवस्था संविधानको मर्मविपरीत रहेकोले यसलाई संशोधन गर्नुपर्नेमा कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले जोड दिए । विवाहपछि कुष्ठरोग लागेमा सम्बन्धविच्छेद गर्न पाउने विद्यमान कानुनी व्यवस्थाले कुष्ठरोगीलाई विभेद गरेको भन्दै उनले कुष्ठरोगीलाई पारिवारिकमैत्री हुने गरी कानुन बनाउनुपर्ने र यसमा आफूले सक्दो भूमिका निर्वाह गर्ने बताए । ल्याप्रोसी मिसन नेपालका कन्ट्री डाइरेक्टर शोभाकर कँडेलले पनि कुष्ठरोगीप्रति विभेदकारी कानुन परिमार्जन गर्नुपर्नेमा जोड दिए । उनले कुष्ठरोगी स्वास्थ्य समस्यासँगै सामाजिक समस्या पनि रहेकाले कानुन संशोधन गरेर रोगीमैत्री बनाउनुपर्नेमा उनको भनाइ छ । आईडिया नेपालका अध्यक्ष अमर तिमल्सिनाले कुष्ठरोगसम्बन्धी कानुनले विभेद गरेकाले यसलाई सम्बोधन गर्नुको विकल्प नरहेको बताए । विनाभेदभाव समाजमा जीवनयापन गर्नपाउनु पर्नेमा नैसर्गिग अधिकार भए पनि विद्यमान कानुनले विभेद गरेको भन्दै उनले यसलाई हटाएर समानतासहित रोगी सम्मानजनक बाँच्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । 

एशोसिएसन फर आईडिया नेपालका अध्यक्ष दिनेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कुष्ठरोग नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै वरिष्ठ छाला रोगविज्ञ डा. रवीन्द्र बास्कोटा, सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकका बलराम नेउपाने, समाजसेवी पिमा घर्तीमगर, श्रीलंकाका रे, भारतका रामवराही साहसहितलाई सम्मान गरिएको थियो । 

प्रतिकृया दिनुहोस्

Flash News

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा