१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

भैरहवा । नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ गाडी सार्वजनिक गरिएको छ । नेपालका लागि सुजुकी ब्रान्डको चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले द ग्राण्ड भिटारा नेपाल भित्र्याएको हो ।

Advertisement

नेपालमा भित्रयााइएको ‘द ग्राण्ड भिटारा’ गाडी सुजुकी ब्रान्डको बहुप्रतिक्षित मोडेल हो । द ग्राण्ड भिटारा गाडि एक कार्यक्रमका वीच पाठक मोटर ग्रुप प्रा.लि. रुपन्देहीले सार्वजनिक गर्दै बिक्रि शुभारम्भ गरेको हो । लुम्बिनीका लागि आधिकारिक बित्रेता पाठक मोटर ग्रुपले उक्त गाडिको एक कार्यक्रमका बिच आज तिलोत्तमामा बिक्रि शुभारम्भ गरेको हो । गाडिको ग्रुपका सञ्चालक अभिशेक पाठक, बाबुराम पाठक, लक्ष्मी पाठक तथा सीजी मोटोकर्पका डिलर ईन्चार्ज गोविन्द भुसालले तिलोत्तमा स्थित सोरुममा गाडिको अनावरण गरेका हुन ।

नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै ‘क्राफ्टेड फ्युचरिज्म डिजाइन ल्याङ्ग्वेज’ को प्रयोग गरिएको छ । यसमा अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरिएको कम्पनीको भनाइ छ । सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ–रोड क्षमता बढाउँने तथा यो सेग्मेन्टको अन्य एसयूभीमा नभएका थुप्रै नयाँ फिचर्सहरु पनि यसमा पाउन सकिने पाठक मोटर ग्रुपका सञ्चालक अभिशेक पाठकले जानकारी दिए । ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने ‘फुल हाइब्रिड’ प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।

प्रतिस्प्रर्धी एसयूभी सेग्मेन्टमा यो एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ।सीजी मोटोकर्पका डिलर ईन्चार्ज गोविन्द भुसालका अनुसार पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च रहेको छ । नेपालको सन्दर्भमा एसयूभी गाडी उचित रहेको उनले बताए । ग्रण्ड भिटारा गाडिको बिक्रि मुल्य ७१ लाख ९९ हजार कायम गरिएको कम्पनीले जनाएको छ । कम्पनीले केहि समयका लागि आकर्षक छुटको समेत व्यवस्था गरिएको बताएको छ ।

ग्राहकहरुले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँनयाँ प्रविधियुक्त सवारी नै रोज्ने भएकोले नयाँ ग्रान्ड भिटारा गाडी उनीहरुका लागि गेम चेन्जर हुन सक्ने कम्पनीको दाबी छ । लुम्बिनी प्रदेशको बुटवल क्षेत्रमा ग्राण्ड भिटाराको आधिकारीक बिक्रेता पाठक ग्रुप अन्तर्गतको पाठक मोटर ग्रुप प्रा.लि.रहेको छ । पाठक ग्रुपले बिगत २५ वर्षदेखि ईटा, सिमेन्ट, खाद्यान्न, लगाएतका उद्योग संगै रियलस्टेट, इन्धन तथा अटोमोबाईल व्यवसायमा लगानी गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली