ताजा अपडेट »

महाशिवरात्रीका अवसरमा होटल पौवाका सबै शाखामा भजन कार्यक्रम

शुक्रबार, ०५ फागुन २०७९, १४ : २७
4 Shares

बुटवल । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रीको अवसरमा होटल पौवाले भजन कार्यक्रमको आयोजना गरेको छ । पौवाले शिवरात्रीका दिन शाखाहरुमा विशेष पूजाअर्चना गर्दै साझ ५ बजेपछि भजनकिर्तनमा ग्राहकलाई नचाउने जनाएको छ ।

‘यस वर्षको शिवरात्री पौवासँग मनाऔंसंँगै नाचौं, सँगसँगै खाऔं’ भन्ने मूल नाराकासाथ पौवाका ११ वटा शाखामा शिवरात्री विषेश कार्यक्रम राखिएको पौवा ग्रुपका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए । परम्परा अनुसारको शिव प्रसाद निःशुल्क खुवाउनुका साथै संगीतमय भजन टोलिले शिवरात्रीका दिन साझ ५ बजेदेखि भजनकिर्तन गर्ने व्यवस्था मिलाइएको भण्डारीले बताए ।

पौवाले नेपालमा मनाईने हरेक पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृति अनुसार ग्राहकहरुलाई परिकार खुवाएर परम्परागत रैथाने खानाहरुको संरक्षण गर्ने अभियान थालेको छ । माघ १ गते पनि पौवाका शाखा रहेका स्थानहरुमा बसोबास गर्ने जाती विषेशको परिकार तयार गरि ग्राहकहरुलाई सेवा दिएको थियो ।

पौवाको रुपन्देहीमा बुटवल र भैरहवा गरि २, कपिलवस्तुमा १, दाङमा ३, पाल्पामा १, गुल्मीमा १, सुदुरपश्चिमको धनगढीमा १, कर्णाली प्रदेशको जुम्लामा १ र गण्डकी प्रदेशको पोखरामा १ शाखा संचालनमा आइसकेका छन् भने शाखा बिस्तारको लागि काठमाडौं, चितवन र जनकपुरमा सम्भाव्यता अध्ययन भै रहेको भण्डारीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।