ताजा अपडेट »

रवि लामिछाने नेतृत्वको रास्वपाबाट समानुपातितर्फ सांसद बन्ने यी हुन (नामावलीसहित)

शनिबार, २४ मंसिर २०७९, १६ : ४६
30 Shares

काठमाण्डौं । नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको हो । पार्टीको निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा। मुकुल ढकालले बन्द सूचीको वरियतामा कुनै पनि छेड छाड नगरीकन नाम सिफारिस गरिएको बताए ।

रास्वपाका १३ जना समानुपातिक सांसद यस प्रकार छन्ः

दलित : १. सन्तोष परियार, २. शिव नेपाली

आदिवासी/जनजाति : १. डा. ढाकाकुमार श्रेष्ठ, २. इन्दिरा रानामगर, ३. सुमना श्रेष्ठ,

खस आर्य : १. डा. चन्दा कार्की, २. डोलप्रसाद अर्याल, ३. निशा डाँगी, ४. विनीता कठायत

मधेसी : १ लक्ष्मी तिवारी, २. मनिष झा

थारु : अशोककुमार चौधरी

मुस्लिम : असिम शाह

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।