ताजा अपडेट »

कालिका क्याम्पसको ९ औं वार्षिकोत्सव : विभिन्न खेलकूद गतिविधिसहित रक्तदान

विहीबार, २२ मंसिर २०७९, १८ : ५५
25 Shares

बुटवल । कालिका क्याम्पसले ९ औं वाषिर्कोत्सव तथा अभिभावक दिवसको अवसरमा खेलकुद सप्ताह २०७९ तथा विविध कार्यक्रम गरि मनाएको छ । मंसिर १८ गते शुरु भएको प्रतियोगिता अन्तरगत एथलेटिक्स, बुद्धिचाल, कुर्सी दौड, क्विज प्रतियोगिता, भलिबल, कपर्दी, डोरी तान्ने, नृत्य प्रतियोगिता सहित सामाजिक कार्य अन्तरगत निशुल्क दन्त शिविर, छाला रोग परिक्षण तथा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

अतिरिक्त क्रियाकलाप अन्तरगत कलेज परिसरमा एथलेटिक्सको १ सय मिटर दौड छात्रतर्फ सुभम दिसामगर प्रथम, दिलिप राना द्वितीय, बबिन लामटाङे तृतीय भएका छन् । यसैगरि छात्रातर्फ मिना ज्ञवाली प्रथम, ज्ञानु सारु द्वितीय, ईन्द्रा बिक र सिल्पा पाण्डे तृतीय भएका छन् । यसैगरि ४ सय मिटर दौडमा छात्रतर्फ तुल बहादुर झेडी प्रथम, सुदिप थापा द्वितीय, मन्जिल साहनी क्षेत्री तृतीय भएका छन् । छात्रातर्फ मिना ज्ञवाली प्रथम, ज्ञानु सारु द्वितीय, पवित्रा भुवल तृतीय भएका छन ।

यसैगरि सामाजिक उत्तरदायित्व अन्तरगत स्वस्थ्य शिविर समेत गरिएको अतिरिक्त क्रियाकलाप संयोजक रेशम शर्माले बताए । मल्टीस्टार डाईग्लोष्टिक ल्याब्रोटोरिज प्रालिको प्राविधिक सहयोगमा १ सय ५० जनाको सुगर, प्रेशर, कोलस्टोर परीक्षण भएको छ । जसमा ल्याबका आस्था पौडेल (ल्याव असिस्टेन्ट), प्रकाश कंवर मगर (ल्याव टेक्निसियन) ले सहयोग गरेका थिए । नेपाल स्किन क्लिनिक हस्पिटल लाइनको प्राविधिक सहयोगमा १ सय १५ जनाको छाला जाँच गरिएको थियो । जसमा छालारोग विशेषज्ञ डा. मनोज सापकोटाले सहयोग गरेका थिए । लायन्स आँखा अस्पताल, बुटवलको प्राविधिक सहयोगमा १ सय ५० को आँखा जाँच गरिएको छ । कार्यक्रममा प्राविधिकहरु विनोद प्रसाद चौधरी र प्रियांशी गुप्ताले सहयोग गरेका थिए । सिटि हब डेन्टलको प्राविधिक सहयोगमा दन्त शिविर सम्पन्न भएको छ । शिविरमा १ सय २५ जनाले जाँच गराएका थिए । डा. मुकेश सापकोटा (डेन्टल सर्जन), डा. भावना मुल्मि (डेन्टल सर्जन), बिष्णु राना (एसिस्टेन्ट), जुनु माजि ( एसिस्टेन्ट) ले सहयोग गरेका थिए ।

स्टुडेन्ट क्वालिटी सर्कल, बुटवल कालिका क्याम्पसको आयोजना तथा रक्त सञ्चार इकाई, भैरहवाको प्राविधिक सहयोगमा विद्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ८३ युनिट रगत संकलन भएको छ । जसमा प्राविधिक हरि सापकोटा, ममता थारु, दिप कुमार चौधरीले सहयोग गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।