१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले महानगरभित्रका आकाशे पुल तत्काल मर्मत गर्न निर्देशन दिएकी छन् ।महानगरको सार्वजनिक निजी साझेदारी एकाईका अधिकारीसँग छलफल गर्दै उपमेयर डंगोलले निजी साझेदारी कार्यक्रम अन्तर्गतका आकाशे पुल असुरक्षित भएकोले सुधारका काम तत्काल मर्मत गर्नुपर्ने बताएकी हुन् ।

‘आकाशे पुलका संरचना भत्किएका छन् । हिँड्दा अल्झिएर लड्ने अवस्था छ । बार अग्ला भएकाले साँझ बिहान पुलभित्र हिँड्न असुरक्षित हुन्छ । अपाङ्गता भएका व्यक्ति पुलबाट यात्रा गर्न सक्दैनन् । जोखिम मोलेर सडकबाटै अर्को किनारामा पुग्नुपर्छ,’  डंगोलले भनिन्, ‘पुलका बार घटाउनु पर्छ । यी बार पारदर्शी हुनुपर्छ । मर्मत गरेर दुरुस्त बनाउनुपर्छ । एक पटक बनाएर अलपत्र बनाएर हुँदेन । नियमित मर्मत गर्नुपर्छ । यसका लागि निर्माण पक्षलाई तत्काल पत्राचार गर्नू ।’

महानगरका निर्देशक नुरनिधि न्यौपानेले, सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका काठमाडौँ टावर निर्माण, सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापनलगायत योजनाका विषयमा जानकारी गराएका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लिदी पहिरोबाट विस्थापित ४१ घरधुरीले पाए जग्गाधनी पुर्जा नेतृत्वप्रति वितृष्णा कथनी र करनी बीचको अन्तरको प्रतिफल एसियन हाइड्रोपावरकाे २७ माघदेखि आईपीओ खुल्ने पालिकाबाटै सीसी क्यामेराले रोहिणीको निगरानी गृहमन्त्री पदले साझेदारमा खटपट : रविको प्रस्तावमा सकारात्मक देखिएनन् प्रधानमन्त्री अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री सुनको मूल्य ५०० रुपैयाँले घट्यो ट्रान्सपरेन्सी रिपोर्ट : नेपालमा झन बढ्यो भ्रष्टाचार, ३४ अंकसहित ११० औं स्थानमा प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो बालापन झल्काउने गणेशको ‘चियावाला’, हजुरबुवादेखिको पेशालाई नयाँ स्वरुपमा ‘ब्राण्डिङ’ मन्नतको बालकोनीमा किन जान्छन् शाहरुख ? सहकारीको ऋण चुक्ता नगर्ने आठ ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन वृद्धाभत्ता नदिएको भन्दै छोराले गरे बन्चरोले हानेर आमाको हत्या प्रचण्डलाई नेकपा एसको ज्ञापनपत्र- चरम आर्थिक संकट पर्‍याे (पूर्णपाठ) बैतडीका २० बर्षीय युवक चार दिनदेखि बेपत्ता प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने मर्स्याङ्दीपारीबाट वैकल्पिक सडक स्तरोन्नति गर्न पहल यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर डिएसपीसहित ८ सुरक्षाकर्मी मारिएको टिकापुर घटनाको सर्वोच्चमा आज पेसी