१६ मंसिर २०७९, शुक्रबार

Dec 2, 2022

भैरहवा ।  बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकीय सुधारको माग गर्दै पर्यटन व्यवसायीहरुले आन्दोनलनको चेतावनी दिएका छन् । उनीहरुले नगरपालिकालाई १५ दिने अल्टिमेटम दिएका छन् । 

Advertisement

नेपालको परिचय र चिन्ने आधार बनाएको लुम्बिनीमा फोहोर व्यवस्थापन, सडकमा छाडा चौपाया, सार्वजनिक ठाँउ अन्धकार भएपछि पर्यटकीय वातावरण सुधारका काम अविलम्ब गर्न पर्यटन व्यवसायीहरुले नगरपालिकाका प्रमुखलाई ध्यानाकर्षण गराएका हुन् ।

लुम्बिनी होटल तथा पर्यटन व्यवसायीहरुको संस्था लुम्बिनी होटल संघ नेपाल लुम्बिनी र स्थानीय पर्यटन व्यवसायीहरुले १५ दिनमा देखिने गरी पर्यटकीय सुधार गर्न नगरपालिका प्रमुख सजरुद्दीन मुसलमानलाई ध्यानाकर्षण गराएको हो । 

विश्वको ध्यान क्षेत्र रहेको लुम्बिनीमा वर्षिक लाखौ पर्यटक आउने भएपनि यस क्षेत्रमा थुप्रै समस्याहरु पर्यटकले भोग्नु परेको छ । सरकारले रात्रीकालिन बजारको अवधारणा ल्याउदा सार्वजनिक ठाउ र सडक बत्ती नबलेर अन्धकार, सडक र विकास कोष वरपर यत्र तत्र फाहोरको डंगुर र सडकमा छाडा चौपायाले सौन्दर्यता मात्रै होइन, सडक दुर्घटना पनि बढाएको छ । 

हामी विश्व पर्यटन दिवस मनाउने तयारीमा पर्यटकलाई स्वागत गर्न आत्तुर छौ तर स्थानीय सरकारले सामान्य पूर्वाधार पनि दुरुस्त गर्न नसकेको लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले भने ।

कोभिडले शुन्य अवस्थामा पुगेको पर्यटन व्यवसाय विस्तारै जुरमुराउन थालेको छ । सबैभन्दा प्रभावित क्षेत्र पर्यटन पहिलेकै अवस्थामा फर्कन अझैं लामो समय लाग्छ । केही मात्रमा आएका पर्यटकलाई पनि हामीले घुम्ने वातावरण बनाउनु जरुरी रहेको छ । 

प्रचार प्रसारको माध्यमबाट पर्यटन आगमनलाई सहज बनाउदै सरकारबाट हुनुपर्ने कतिपय सुधारका काम निजी क्षेत्रले गरिरहेको छ । लुम्बिनीबारे सन्देश गलत नजाओस भन्ने उद्देश्यले हामीले स्थानीय सरकारलाई १५ दिन भित्र वतावरणीय पक्ष सरसफाई र उज्यालो लुम्बिनी गर्न आग्रह गरेको होटल संघ नेपालका अध्यक्ष ज्ञवालीले भने ।

अन्य पालिकामा निर्वाचित भएको १०० दिनमा आफूहरुले गरेका कामको उत्साहपूर्ण र आशलाग्दो विवरण सार्वजनिक गरेका छन् । 

लुम्वीनी सांस्कृतिक नगरपालीका क्षेत्रको केन्द्र विन्दु र सबैभन्दा महत्वपूर्ण ठाउँ भगवान बुद्धको जन्मथलो रहेको इलाका आज फोहोरको थुप्रो माथि देखिन्छ पर्साचोक देखि लंकापुर सम्ममा लाखौं रुपियाँ खर्च गरी गाडिएका बिजुलीका पोलहरु छन् तरत्यो क्षेत्र अन्धकारमा छ विज्ञप्तीमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार