ताजा अपडेट »

धानको गाँज सुक्न थालेपछि तिलोत्तमाका कृषकलाई बाली उपचार शिविर

सोमबार, २७ भदौ २०७९, १७ : ०३
34 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले धानको गाँज सुक्न थालेपछि कृषकहरुका लागि बालि उपचार शिविर सञ्चालन गर्ने भएको छ । धानको गाँज मर्ने तथा बोट कुहिने समस्या देखा परेपछि नगरका सबै वडाहरुलाई परिपत्र गरी समस्याग्रस्त धानको नमूनासहित कृषकलाई उपस्थित हुन आग्रह गरेको छ ।

नगरपालिकाले आइतबार सबै वडा कार्यालयहरुलाई पत्रकार गरी मँगलबार विहान नमूनासहित कृषकहरुलाई शिविरमा उपस्थित हुन आग्रह गरेको हो । राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रम भैरहवा तथा कृषि ज्ञान केन्द्र भैरहवाका विज्ञहरुबाट समस्या बारे जानकारी लिने तथा उपचारको उपाय बारे छलफल हुने जनाइएको छ । तिलोत्तमा–१६ विन्दबासिनी मन्दिर परिसरमा आयोजना हुने शिविरमा कृषकका बाली सम्बन्धि समस्या बारे छलफल हुने भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।