८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

भैरहवा । रुपन्देहीको कोटिहवामा जारी लिस्नु कप फुटबल प्रतियोगिताको सोमबार सम्पन्न खेलमा गोर्खा ब्वाईज स्पोर्टस क्लव बुटवलले सनराईज फुटबल क्लव नवलपरासीलाई १-० गोलले पराजित गरेको छ । यससंगै गोर्खा ब्यवाईज  क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

Advertisement

निर्धारीत समयको खेल ३-३ गोलको बराबरीमा टुंगिएपछि निर्णयको लागि टाईब्रेकरको सहारा लिईएको थियो । टाईब्रेकरमा पनि ५-५ गोलको बराबरी भएपछि सडेन डेथमा गोर्खा ब्वाईजले जित निकालेको थियो । सडेन डेथमा गोर्खाका अनुज गैरेले गरेको गोल सनराईज फुटबल क्लव नवलपरासीलाई घातक साबित भयो । गोल गर्दा सनराईजका दिलिप चौधरीको प्रहार फस्टबार नजिकैबाट बाहिरिएको थियो ।

खेल सुरु भएको ९ मिनेटमै गोर्खाका अनुज गैरेले गोल गर्दै अग्रता दिलाएका थिए ।  । तर गोर्खाले यो अग्रता धेरै बेर कायम राख्न सकेन । सनराईजका बेदुनाथ भटराईले २६ मिनेटमा गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए । ३० मिनेटमा मनिष चौधरीले र ४२ मिनेटमा बेदनाथले ब्यक्तिगत दोश्रो गोल गर्दै सनराईजको अग्रता ३–१ पुर्याए ।

मध्यान्तर अघि सम्म लय गुमाएको गोर्खाले भने मध्यान्तर पछि गोर्खाका कप्तान निशान्त न्यौपानेले फ्रि किक मार्फत आकर्षक गोल गर्दै गोल अन्तर ३–२ ले घटाए । ७३ मिनेटमा कप्तान न्यौपानेले फेरी गोल गरि खेललाई ३–३ को बराबरीमा ल्याउन सफल रहे ।
खेलमा गोर्खां ब्याईजका निशान्त न्यौपाने म्यान अफ द म्याच घोषित भई ३ हजार रुपैया पुरस्कार पाउनु भयो ।

प्रतियोगिता अन्तरगत मंगलबारको खेल सम्पुर्ण युवा क्लव सुपौली तिलोत्तमा र राईजिंग स्टार युवा क्लव शिवराज नगर पालिका कपिलबस्तु बिच हुने आयोजक लिस्नु युवा क्लबले जानकारी दिएको छ ।
२० औं संस्करणको लिस्नु कप शनिबार देखि तिलोत्तमा नगर पालिका वडा नम्बर १५ कोटीहवा स्थित पशुपति माबिको मैदानमा आयोजना भैरहेको छ । प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलबस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ टिमको सहभागिता रहेको छ ।  बिजेताले  ३ लाख रुपैया र ट्रफी तथा उप बिजेताले १ लाख ५० हजार रुपैया र ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै गरी सेमिफाईनलमा पराजित हुने २ टिमले जनही २५ हजार रुपैया, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैया तथा उत्कृष्ट गोलरक्षक, उदियमान खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ७ हजार रुपैया पाउने छन् ।

प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैया पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तिर्थ राज मल्लले बताए । प्रतियोगितामा यस पटक सोहि स्थानकी श्रीमाया गुरुङ्गले आफना बुवा डिम बहादुर गुरुङ्गको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लवका सचिव मनोज कुमार क्षेत्रीले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर