७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

भोजपुर । भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवाघाटको पुलको डिजाइनमा त्रुटि रहेको पाइएको छ । अरुण नदीको यो घाटको कूल लम्बाइ दुई सय ३४ मिटर भए पनि यहाँ बन्न लागेको पुल भने एक सय ७२ मिटर मात्र रहेको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । त्यो पुल २०६७ सालबाट निर्माण थालिएको हो ।

Advertisement

यहाँ सुरुमा एक सय ६० मिटर लामो पुल बनाउने सम्झौता गरिएको थियो । पछि १२ मिटर बढाएर एक सय ७२ मिटरको निर्माण गर्ने गरी काम थालिएको हो । पुल निर्माण बाह्र वर्षसम्म पनि पूरा नहुँदा केही समयअघि ठेक्का प्रक्रिया रद्द गरिएको छ । पुल निर्माणमा रु तीन करोड ८५ लाख खर्च भइसकेको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । 

स्वच्छन्द निर्माण कम्पनीले २०६७ सालमा पुल निर्माण सुरु गरेको थियो । सम्झौताअनुसार पुल २०७० सालमा सक्नुपर्ने थियो । समयमा पुल नबेपछि निर्माणमा ढिलाइ भएको विषयमा जानकारी माग्दा निर्माण कम्पनीले काम गर्न नसक्ने लिखित जवाफ दिएपछि ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद शाहले जानकारी दिए ।

कार्यालयका अनुसार अरुण नदीको यो लम्सुवाघाटको जम्मा लम्बाइ दुई सय ३४ मिटर छ । पुल डिजाइनमा त्रुटि भएको विषयमा सडक डिभिजन प्रमुख शाहसँग प्रश्न गर्दा पुल निर्माणमा ढिलाइ भएका कारण नदीले क्षेत्र विस्तार गरेको बताए ।

अब अर्को बोलपत्र आह्वान गर्दा नयाँ डिजाइन गरेर नदीको लम्बाइअनुसारको पुल बनाउनसक्ने विकल्प पनि रहेको शाहको भनाइ छ । उनले भने, “यो घाटको जम्मा लम्बाइ दुई सय ३४ मिटर छ, सम्झौतामा भएको लम्बाइ एक सय ७२ मिटर हो, यदि ठेकेदारले समयमा काम गरेको भए अर्को पुल बनाउन सकिन्थ्यो, अब यहाँ पुल बन्दा नयाँ डिजाइन गरेर काम गर्न सकिन्छ ।”

पुल निर्माणका क्रममा जग खन्ने ठाउँमा ठुलो चट्टान भेटिएको भन्दै कम्पनीले काम अघि बढाउन नसेकेको बताउँदै आएको थियो । ठेक्का रद्द गरेर अहिले कम्पनीको धरौटीबापतको रु ७७ लाख रकम रोकेर कालो सूचीमा राख्नका लागि पत्र पठाइएको प्रमुख शाहको भनाइ छ । 

धरौटी नरोक्न साथै आफ्नो कम्पनीलाई कालोसूचीमा नहाल्न भन्दै कम्पनीले पाटन अदालतमा मुद्दा हालेको प्रमुख शाहले बताए । मुद्दा परेपछि काम नगर्न अदालतले अन्तरिम आदेश दिएकाले थप प्रक्रिया अघि बढ्न नसकेको शाहले जानकारी दिए ।

“हामीले बैंकमा रहेको धरौटीबापतको रकम रोक्का गरेर कालोसूचीमा हाल्ने प्रक्रिया थालेका छौँ”, प्रमुख शाहले भने, “अहिले कम्पनीले धरौटी नरोक्न साथै कालोसूचीमा नहाल्न भन्दै मुद्दा हालेको छ, मुद्दा विचराधीन रहेकाले हामीले अन्य थप कामलाई अघि बढाउन सकेका छैनौं ।” 

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल