६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

मंसिर १५,

Advertisement

ग्लोबल आवाज

बुटवल । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश ५ को प्रथम महाधिवेशनको तयारी पुरा भएको छ । सोमबार पाल्पा स्थित तिनाउँ गाउँपालिकामा हुने महासधिवेशनको तयारी पुरा भएको प्रदेश इन्चार्ज देव पचभैयाले जानकारी दिए । महाधिवेशनमा प्रदेश–५ का १२ वटै जिल्लाका करिब दुई सय भन्दा बढि प्रतिनिधि र पर्यवक्षेकहरु सहभागी रहने आयोजकले जानकारी दिएको छ ।

महाधिबेशनको उद्घाटन प्रदेश ५ सभा सदस्य पूर्ण बहादुर घर्तीमगरले गर्ने कार्यक्रम तय भएको प्रथम महाधिवेशन तयारी समितिका सदस्य सचिव सनु थापाले जानकारी दिए । आयोजकका अनुसार महाधिबेशनमा तिनाउँ गाउँपालिकाका प्रमूख ओम बहादुर घर्तीमगर,स्थानीय जनप्रतिनिधि, फोनिजका केन्द्रिय अध्यक्ष डण्ड गुरुङ्ग, पदाधिकारी समिति, पत्रकार महासंघ, प्रेस यूनियन, प्रेस संगठनका प्रदेश प्रमुखको सहभागीता रहने छ । प्रदेश सरकारले लुम्विनी भ्रमण वर्ष मनाइरहेको सन्दर्भमा आन्तरिक पर्यटकलाई टेवा पुग्ने उद्देश्यका साथ पाल्पा स्थित तिनाउँ गाउँपालिका सुकेतालमा रहेको मगर होमस्टेमा महाधिवेशन गर्न लागिएको आयोजकले जनाएको छ ।

आदिवासी जनजातिका क्षेत्रमा क्रियाशील आदिवासी जनजाति पत्रकारहरुलाई एकसुत्रमा आवद्व गरी व्यावसायिक नेतृत्व प्रदान गर्ने र पेशागत हक, हितको संरक्षण गर्ने उद्धेश्यले गठन भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मा जातीय पत्रकारहरुको संस्था आवद्ध रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

स्थानीय वायुको प्रभाव, आज देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना तिलोत्तमामा मतान्तर बढाउँदै चापागाईं, उप मेयरमा चौधरी ३ हजार मतले अघि काठमाण्डौंमा बालेन करिब १२ हजार मतले अघि, यस्तो छ पछिल्लो मत परिणाम ५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो