ताजा अपडेट »

विद्यालयको रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मंगलबार, २८ असार २०७९, १६ : १२
10 Shares

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको निर्माण समितिका अध्यक्ष कन्हैया साह कानुसमेत ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरुले ११ लाख ९५ हजार रुपैयाँ हिनामिना गरेको पुष्टी भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियार मुद्दा दायर गरेका अन्यमा रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक तथा सदस्य सचिव रामवचन प्रसाद र सदस्य रामचन्द्र कानु रहेका छन् । 

विद्यालयमा प्राप्त विभिन्न शीर्षकको रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान हुँदा उनीहरुले अस्वभाविक रुपमा रकम पेश्की उपलव्ध गराएको, पेश्कीबाट विद्यालय निर्माणको कुनै कार्य नगरेको तथा पेश्कीबापतको रकम हालसम्म विद्यालयको खातामा दाखिलासमेत नगरेको पाइएको अख्तियारले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।