४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

मंसिर १२,

Advertisement

ग्लोबल आवाज

बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा बुधबार भएको बस दुर्घटनाप्रति प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले दुःख व्यक्त गरेका छन् । घिमिरेले बाटोको नमुना जिल्लाको रुपमा रहेको अर्घाखाँचीमा सवारी दुर्घटनाका खबर आउनु दुखद भएको भन्दै मृतकहरुमा गहिरो श्रद्धाञ्जली अर्पण सहित घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

अर्घाखाँचीको सन्धिखर्कबाट बुटवलका छुटेको लु २ ख २१४८ नम्बरको बस दुर्घटनामा परी १९ जनाको मृत्यु भएको थियो । भने १६ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्युहुनेहरुमा कपिलवस्तुको बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा, सन्धिखर्क नगरपालिका ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकी २२ वर्षीया माया पुरी र ५४ वर्षीय बलराम भट्टराई, बस धनी शितगंगा नगरपालिका–२ झिर्राका ३७ वर्षीय सन्त बहादुर बस्नेत र सोही ठाउँकी २७ वर्षीया सीता बस्नेत, कपिलवस्तुको वाणगंगा नगरपालिका ७ बनगाईका ३ महिनाका बालक शोभाखर पोखेरल, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ का सिता कुमारी नेपाली, भुमिकास्थान नगरपालिका ९ कि ५० वर्षीय सिता घिमिरे, सोही ठाउँकै ५० वर्षीय बिष्णु माया गैरे, भुमिकास्थान नगरपालिका ७ का ५१ वर्षीय मेघनाथ भण्डारी, शितगंगा नगरपालिका १ का १५ वर्षीय मन्जु बिक, अर्घाखाँचीको छत्रदेव गाउँपालिका ८ का ४२ वर्षीय कृष्ण बहादुर सुनार, शितगंगा नगरपालिका ७ कल्लेरीका ४८ वर्षीय लोक बहादुर दर्जी, सोहि ठाउँका ५५ वर्षीय हरि बहादुर दर्जी, सन्धिखर्क नगरपालिका ७ की अन्दाजी ८ वर्षीया बालिका मनिका खड्का, भूमिकास्थान नगरपालिका ९ ठूलो डेवाका २७ वर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका १० का छबिलाल गैह्रे, गुल्मी धुर्कोट २ घर भई हाल रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत रहेका छन् ।

उक्त दुर्घटनामा परि १६ जना यात्रु घाईते भएका छन् । जसमध्ये सन्धिखर्क नगरपालिका १ का ३ वर्षका एन्जल भट्टराई र छत्रदेव गाउंपालिका ७ ढिकुराका १९ वर्षिय लोकनाथ पाण्डे सामान्य उपचारपछि घर फर्किएका छन् ।

१४ जना घाईतेहरुको बुटवल, भैरहवा र काठमाण्डौमा उपचार भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीको ओमसतिया अध्यक्षमा एमालेका यादव विजयी एमाले अध्यक्ष ओली अस्वस्थ बुटवलको कालिकानगरमा मोटरसाइकल दुर्घटना हुँदा गुल्मीका ४० वर्षीय ज्ञवालीको मृत्यु रुपन्देहीको मायादेवी अध्यक्षमा पुनः कांग्रेसका चौधरी तिनाउ नदिमा डुबेर बुटवलका ८ वर्षिय रिदमको मृत्यु अर्घाखाँचीको सन्धिखर्कमा एमालेसँग गठबन्धन पराजित मतगणना सकिएका चितवनका तीनवटै पालिकामा एमाले विजयी नेप्से झिनो अंकले सुधार बुद्धका ज्ञान बाँड्दै बुटवल लेडि जेसिज पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी भरतपुरमा रेनुलाई १९ सय ६ मतको अग्रता गठबन्धनलाई पराजित गर्दै देवदह नगरपालिकाको प्रमुखमा एमालेका ध्रुव खरेल विजयी भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन कालिकाका शिक्षकका लागि पुनर्ताजगी तालिम बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ युवाको हातमा सर्दै स्थानीय सरकारको साँचो बालेन साहले पाएको मत दलप्रतिको आक्रोश : हरिबोल गजुरेल विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई भैरहवामा विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना : २४ जना घाइते, ६ गम्भीर