२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022

बुटवल । विज्ञान र गणित विषयमा विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्न सहयोग गर्ने उद्धेस्यले आयोजना गरिएको रुपन्देही र नवलपरासी ( पश्चिम) स्तरीय दुईदिने साईन्स–म्याथ ओलम्पियाड सम्पन्न भएको छ ।

Advertisement

सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीद्वारा आयोजित ओलम्पियाडमा रुपन्देही र नवलपरासी जिल्लाका १६/१६ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । दुई दिनमा बिभिन्न ३ चरणमा विद्यार्थीहरुलाई प्रतिष्प्रर्धा गराई विद्यार्थीको मुल्यांकन गरिएको थियो ।प्रतिष्प्रर्धामा नवलपरासी (पश्चिम) जिल्लाबाट लुम्बिनी माविका मुकेश बुढाथोकी, जगन्नाथ माविकी सदिक्षा पौडेल र धान्यान्चल माविका बबिन शर्मा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका भएका थिए भने रुपन्देही जिल्लाका विद्यार्थीहरु विचको प्रतिष्प्रर्धामा कान्ति माविका शिशिर लम्साल, रुपन्देही लीलाराम माविका अंकुर जिसी र दुर्गादेवी माविका प्रज्वल भट्टराई क्रमश प्रथम, द्वितीय र तृतीय भएका थिए ।

पिताम्बर बन्जाडे, दिपक बन्जाडे र राजेश झा रहेको मुल्यांकन समितिले प्रतिश्प्रधि विद्यार्थीहरुको मुल्यांकन गरेको थियो । प्रतिष्प्रर्धामा प्रथम , द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई नगद १५ हजार, १० हजार र ५ हजारका साथै प्रमाणपत्र प्रदान गरिएको थियो । धेरै विद्यार्थीहरुले गणित र विज्ञानलाई कठिन मान्ने गरेकोले यी विषयलाई रोचक ढंगले बुझाउन र विद्यार्थीहरुमा बैज्ञानिक र गणितीय सोच र सिर्जनात्मक क्षमता विकास गर्न ओलम्पियाडले मद्दत गर्ने भएकोले स्टेम कार्यक्रम अन्तर्गत ओलम्पियाड आयोजना गरेको सामाजिक विकास डिभिजन कार्यालय प्रमुख दिवाकर भण्डारीले बताए ।

विज्ञान शिक्षालाई व्यवहारिक ढंगले पठन पाठन गर्न सघाउ पु¥याउने उद्देस्यले कार्यालयले विज्ञान प्रदर्शनी, विज्ञान सामग्री निर्माण तथा प्रदर्शनी प्रतियोगिता जस्ता कार्यक्रम समेत आयोजना गरेको उनले जानकारी दिए । कालिका मानवज्ञान माबी बुटवलमा आयोजित ओलम्पियाडको संयोजन स्टेम संयोजक उमेश यादव र सहजीकरण स्टेम सहायक प्रवेश कर्णले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

बढ्दै जनैको महत्व, गत वर्ष साढे १७ करोडको आयात देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी रुपन्देही ट्राफिक प्रहरीकाे अभियान : तीब्र गतिका सवारीलाई नियन्त्रण भैरहवाको मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा थप