ताजा अपडेट »

बैदेशिक रोजगारसँगै पिएचडी गरेका गुल्मेली ज्ञवाली

आइतबार, १९ असार २०७९, १२ : १२
4 Shares

गुल्मी । कुनै बाह्य देश जान पाए जिन्दगीको सबैभन्दा ठूलोे सपना पूरा हुने सोंच राख्दै गाउँमा त्यसैको ध्याउन्नमा हिड्ने गरेका गुल्मीका एक युवाले यतिबेला त्यो भन्दा ठूलो, अर्थात् उनले सोच्दै नसोचेको सफलता हाता पारेका छन् ।

उनि हुन्, जिल्लाको गुल्मीदरबार गाउँपालिका–१ बलिथुम गाउँका घनश्याम ज्ञवाली । जसले कोरियाको बैदेशिक रोजगारीका क्रममा दैनिक १६ घण्टासम्म मजदुरी कै बीचमा अध्ययनलाई अगाडि बढाएर त्यहीँबाटै भौतिक शास्त्रमा पिएचडी गर्न सफल भएका छन् ।

वलिथुमको सामान्य कृषक परिवारमा जन्मिएका ज्ञवालीले वलिथुमकै थाक्से पोखरा माध्यामिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरी २०६८ मा पाल्पा तान्सेनको त्रिभुवन बहुमुखी क्याम्पसबाट भौतिक शास्त्रमा बिएससी सम्मको अध्ययन पूरा गरेका ज्ञवाली बैदेशिक रोजागरका लागि नेपाल सरकारले सञ्चालन गरेको इपिएस प्राणली मार्फत २०६९ सालमा कोरिया उडेका थिए ।

सानैदेखि गणित तथा विज्ञान विषयक प्रयोगात्मक पद्धतिमा रुचि राख्ने ज्ञवाली त्यहाँ पुगेर दैनिक मजदुरीको थकानका बावजुद पनि अध्ययनमा अल्छिपना देखाएनन् । रोजगारीसंगै उनि नियमित अध्ययनमा जुटिरहे ।

१० वर्षसम्म रोजगारकै क्रममा कोरिया बस्न पाउने सुविधा पाएतापनि खोज(अनुसन्धानको सपनामा तल्लिन उनि आवश्यक योग्यता र प्रमाणपत्र पेश गरेसंगै पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल रही सन् २०१७ मा दक्षिण(पुर्वी कोरियाको थेगु शहर स्थित थेगु विश्वविधालयमा भौतिकशास्त्र अन्तर्गत स्नातकोत्तर (एम्एससी) को लागि भर्ना हुन सफल भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा आफ्ना अनुसन्धान सोध प्रकाशित गर्दै सन् २०१९ मा सोहि कलेजमै नियमित पिएचडी गर्ने अवसर प्राप्त गरेका उनि इच्छाएको विषयमा पिएचडी गर्न सफल भए ।

बैदेशिक रोजगारमा रहेरपनि आफ्नो रुचिअनुसारको बिषयमा पिएचडी गर्ने अवसर पाएको प्रतिउनि उत्साहित हुँदै बाबु आमा , घर परिवार र शुभेच्छुकहरुको आर्शिवाद ठान्छन् । सामाजिक सेवाप्रति लगाव रहेका ज्ञवाली विभिन्न संघ–संस्थामा आवद्ध रही योग्दान पनि गर्दै आएका छन् ।
उनले विभिन्न् सामग्री संश्लेषण, अनुसन्धान्तमक दर्जन बढी आलेखहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्ननलहरुमा प्रकाशित गरिसकेका छन् । परिस्थितीवस् अहिले आफू बैदेशिक रोजगारमा भएपनि आगमी दिनमा आफ्नो योग्यता र क्षमतालाई स्वदेशकै हित र विकासमा लगाउने योजना रहेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।