ताजा अपडेट »

उत्सव दिनमा विरोध गर्दै मुक्त कमलरी

सोमबार, १३ असार २०७९, १८ : ४५
6 Shares


दाङ । आज ९औँ मुक्त कमलरी दिवस दाङमा विरोधका रुपमा मनाइएको छ । सरकारले २०७० साल असार १३ गते आजकै दिन नेपाललाई कमलरी मुक्त घोषणा गरेको थियो । सोहि दिनको अवसर पारेर मुक्त कमलरीहरुले यस दिनलाई उत्सवका रुपमा मनाउँदै आएका थिए । तर यस वर्ष भने मुक्त कमलरीहरुले विरोधात्मक रुपमा दिवस मनाएका छन् ।

२०७० सालमा राजधानी केन्द्रीत आन्दोलनका समयमा मुक्त कमलरी र सरकारबीच १० बुँदे सहमति भएको थियो । उक्त सहमति अझैसम्म पनि कार्यन्वयन नभएको भन्दै यस वर्ष मुक्त कमलरी विकास मञ्च दाङले दिवस विरोधमक रुपमा मनाएको हो । मञ्चले आयोजना गरेको विरोध ¥यालिले घोराही बजार परिकर्मा गरेको थियो । ट्राफिक चोकबाट सुरु भएको ¥यालिसहिद गेट हुँदै जिल्ला समन्वय समिति रोडबाट जिल्ला प्रशासन र त्यसपछि घोराही चोकमा पुगेर कोणसभामा परिनत भएको थियो ।

¥यालिमा सहभागिहरुले छुट कमलरीको तथ्यांकमा समावेश गर, सिपमुलक तालिमको व्यवस्था गर, छात्राबासमा खानाको व्यवस्था गर, रोजगारीको सुनिश्चितता गर, कमलरी मुक्ति दिवस सफल पारौँ लगायत नारा लगाएका थिए । कोणसभालाई सम्बोधन गर्दै मुक्त कमलरी विकास मञ्चकी संस्थापक अध्यक्ष मञ्जिता चौधरीले सरकारका कारण अहिले मुक्त कमलरीले दिवसलाई उत्सवका रुपमा मनाउन नसकेको बताइन् । उनीले सरकारसँग भएको १० बुँदे मध्ये तीन बुँदा मात्र कार्यन्वयको चरणमा रहेको अन्य ७ बुँदाहरु अझै पनि कार्यन्वयका लागि सरकार मौन रहेको भन्दै यसलाई कायन्वयन गर्न मागसमेत गरिन् ।

संस्थापक अध्यक्ष चौधरीले सरकारले स्नातक पढ्ने छात्राहरुको छात्रबृत्ति कटौती गरेर पिडामाथि थप पिडा थप्ने काम गरेको बताइन् । उनीले मुक्त कमलरीका लागि बनाएको शिक्षा निर्देशिका अनुसार छात्रबृत्ति दिनुपर्ने भन्दै विश्वविद्यालय अनुदान आयोगबाट छात्रबृत्ति लिन कठिन भइरहको जानकारी दिइन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी