ताजा अपडेट »

शिक्षाको बिकासका लागि सञ्चार सवलीकरणमा सरोकारवालाको जोड

आइतबार, १२ असार २०७९, १९ : ५७
4 Shares

बुटवल । शिक्षा क्षेत्रको विकासका लागि सञ्चार माध्यमको भूमिका दरिलो हुनुपर्ने कुरामा जोड दिइएको  छ । बुटवलमा आयोजना भएको ‘पत्रकारको दृष्टिमा शैक्षिक विकास र मुद्दा’ विषयक अन्तरक्रियामा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले शिक्षा क्षेत्रको विकासका लागि त्यहाँ भित्र रहेका राम्र कुराको उजार गर्ने र नराम्रा कुराको पनि थप उजार गरी सच्चिने वातावरण  निर्माण गर्नको लागि सञ्चारकर्मीले कलम चलाउनुपर्ने बताएका हुन । 

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय लुम्बिनी प्रदेशको आयोजना र शिक्षा पत्रकार समुहको सहजीकरणमा भएको ‘शैक्षिक विकास र मुद्दा’ विषयक अन्तरक्रियामा बोल्दै उपाध्यक्ष क्षेत्रीले प्रदेश सरकारले प्रदेश विश्व विद्यालयको अवधारणा  सहित अगाडी बढेको बताउँदै यसले सार्थकता पाउने बताए । उनले आगामी बजेटमा  विज्ञान विषय अध्ययनरत छात्राहरुको लागि छात्रावृत्ति समेत प्रदान गर्ने गरेको  जानकारी दिदै प्रदेश सरकारले माध्यमिक तहसम्मको शिक्षाका लागि  अधिकतम सुधारका कार्यक्रम ल्याएको बताए ।

कार्यक्रममा शिक्षा विज्ञान तथा युवा खेलकुद मन्त्रालय बुटवलका अधिकृत  लक्ष्मण ज्ञवालीले मन्त्रालयले आगामी आर्थिक बर्षका लागि प्रदेश सरकारले ल्याएको शिक्षा बजेट र कार्यक्रमका बारेमा प्रस्तुती गरेका थिए । यस्तै प्रदेश सरकारको नमुना विद्यालयको रुपमा घोषणा भएको कान्ती माविका प्रधानाध्यापक गोविन्द ज्ञवालीले विद्यालयले गरेको नमुना अभ्यासको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकले प्रदेश सरकारले शिक्षामा गरेका राम्रा र सुधार गर्नुपर्ने पक्षलाई समाचारको बिषयबस्तु बनाउन आग्रह गरे । उनले शिक्षालाई महत्व दिएर गत बर्षदेखि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम संचालन गरेको र यस वर्षपनि निरन्तरता दिइएको बताए ।

शिक्षा पत्रकार समुहका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले शिक्षाको विषय, पत्रकारिताको अभ्यास, विषय र उठानको अवस्थाको विषयमा छलफलपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेशका चार दर्जन संचारकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश  महासचिव विक्रम खड्का, शिक्षा पत्रकार समुह लुम्बिनी अध्यक्ष मनोज पौडेल लगायतले आ-आफ्नो भनाई राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।