२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

मंसिर १०,

Advertisement

काठमाडौँ । उत्तरपुस्तिका सच्च्याएर र अनुत्तीर्णलाई उत्तीर्ण गरेर दुर्नाम कमाएको राष्ट्रकै जेठो प्राज्ञिक प्रतिष्ठान त्रिभुवन विश्वविद्यालयले आफूलाई सुधारको बाटोमा अघि बढाएको छ । विश्वविद्यालयले आफूलाई सुधार्ने सिलसिलामा विगतका अनुभवबाट पाठ सिक्दै परीक्षा प्रणालीमा सुधारका काम थालेको छ भने सेवा आयोगले पनि ‘डबल कोडिङ’ परीक्षा प्रणाली शुरु गरेको हो ।

आयोगले हाल सञ्चालन गरिरहेको उपप्राध्यापकको परीक्षामा पहिलो पटक ‘सिङ्गल कोडिङ’ हटाएर ‘डबल कोडिङ’ शुरु गरेको हो । आयोगले कुनै पनि विषयको प्रश्नपत्र तयार गर्दा कम्तीमा तीनचार जनालाई पहिलो प्रश्न लगाउन थालेको आयोगका अध्यक्ष प्रा डा.लालुप्रसाद पौडेलले बताए । ‘डबल कोडिङ’ मा उम्मेदवारले पहिले एउटा कोड नम्बर लेखेको हुन्छ । परीक्षार्थीले लेखेको त्यो नम्बर च्यातेर नयाँ कोड नम्बर दिइन्छ । यो प्रणालीमा कापी जाँच गर्ने व्यक्तिलाई आफूले कसको कापी जाँच गरिरहेको छु भन्नेसमेत पत्तो हुँदैन । पहिलो र दोस्रो पत्रका लागि उत्तरपुस्तीका पनि फरक–फरक हुने उनले बताए । दुबै पत्रको कापी फरक–फरक व्यक्तिले जाँच गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । आयोगले लिने परीक्षा लोकसेवा आयोगकै ढाँचामा लिन शुरु गरिएको अध्यक्ष पौडेलले बताए । यसअघिका सबै परीक्षामा ‘सब्जेक्टिभ’ प्रश्न मात्रै सोधिने गरिएकामा अहिले एउटा पत्रमा ‘सब्जेक्टिभ’ र एउटा पत्रमा ‘अब्जेक्टिभ’ प्रश्न सोध्न थालिएको हो । लिखित परीक्षासँगै अन्तरवार्तालाई पनि व्यवस्थित बनाउन प्रयास गरिएको उनले बताए । अन्तरवार्ता लिने दुई जना विज्ञले एक सय पूर्णाङ्कमा घटीमा ४० र बढीमा ७० अङ्क दिनुपर्ने व्यवस्था मिलाइएको छ । दुवै विज्ञले कारण खुलाएर ७० भन्दा बढी अङ्क दिँदा मात्रै त्यो मान्य हुने बताए ।

परीक्षा प्रणाली सुधार गर्नकै लागि अनलाईन पद्दतिबाटै फारम भर्ने व्यवस्था मिलाइएको अध्यक्ष पौडेलले बताए । आवेदन दिन चाहने व्यक्तिले घण्टौँसम्म लाममा बसेर फारम बुझाउनुपर्ने बाध्यताको अन्त्य गर्नका लागि अनलाइन पद्दति शुरु गरिएको हो । पहिले पहिले फारम भर्नका लागि देशभरबाट काठमाडौँ नै आइपुग्नुपर्ने बाध्यता थियो । अहिले देशका जुनसुकै स्थानबाट फारम भर्न सकिन्छ । यसले गर्दा आवेदन दिनेको सङ्ख्या बढी हुने उनको भनाइ छ । कार्यालयलाई डिजिटल प्रणालीमा जानका लागि सफ्टवेयर राख्नेसँगै दक्षप्राविधिक चाहिने हुँदा केही खर्चिलो देखिएको छ ।
सेवा आयोगले नाम जस्तो स्वायत्त निकाय नहुँदा स्वायत्त रुपमा काम गर्ने वातावरण भने नभएको अध्यक्ष पौडेलले बताए । विश्वविद्यालयका अरु शाखा जस्तै यो पनि एउटा शाखाका रुपमा रहेको छ । विश्वविद्यालयका नियमले आयोगलाई बाँधिराखेको उनले बताए । कति पूर्णाङ्कको परीक्षा लिनेदेखि पास नम्बर कति राख्नेसम्म विश्वविद्यालयकै कार्यकारीले निर्णय गर्दै आएका छन् । विश्वविद्यालय बाहेक कतिपय अवस्थामा स्थानीयवासीको चाहनासमेत सम्बोधन गर्नुपर्ने उनले बताए ।

आयोगले गतवर्ष पुसमा १६६ विषयका लागि ५५५ जना सह–प्राध्यापकको लागि विज्ञापन गरेको थियो । झण्डै एघार महिनापछि कात्तिक २८ देखि त्यही विज्ञापनका आधारमा परीक्षा सञ्चालन भइरहेको छ । अघिल्लो नेतृत्वले गरेको विज्ञापनका आधारमा नयाँ नेतृत्वले परीक्षा सञ्चालन गरिरहेको हो । झण्डै नौ सय जना कर्मचारीका लागि केही समयपछि नै विज्ञापन हुने आयोगले जनाएको छ । जसमध्ये झण्डै ५५० जना खुल्लातर्फ माग हुने छ । विश्वविद्यालयमा अहिले दरबन्दीभन्दा आधा मात्रै कर्मचारी कार्यरत रहेका छन् । त्रिवि सेवा आयोगले प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि लिइएको परीक्षामा प्राप्ताङ्क फेरबदल गरेको भनी अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष चैतन्यप्रसाद शर्मालगायतका १० जनालाई विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो । आयोग पदाधिकारीबिहीन भएपछि शिक्षामन्त्री गिरीराजमणि पौडेलको सिफारिसमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पौडेललाई नियुक्त गरेका थिए । – रासस

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता