ताजा अपडेट »

कपिलवस्तुमा निःशुल्क स्त्री तथा महिला रोगको स्वास्थ्य शिविर

शुक्रबार, १० असार २०७९, १६ : ३५
8 Shares

कपिलवस्तु । यशोधरा गाउँपालिको आधारभुत अस्पतालमा निःशुल्क स्त्री तथा महिला रोग एवम् चर्म रोग विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविर भए पछि गाउँपालिका बासी खुसी भएका छन् । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा शिविर गरिएको हो । यस शिविरमा ५०० सय भन्दा बढी महिला पुरुष गरी चेकजाँच गराएका छन् ।

भारत संग जोडिएको कपिलवस्तुको दक्षिणी भेगमा रहेको यशोधरा गाउँपालिकामा अहिले पनि शिक्षाको अभाव रहेको कारणले गर्दा समेत रोगको उपचार गराउन जादैनन्। यस शिविरबाट धेरै नै राहत भएको कुरा स्थानीय बासीले बताउँछन् ।

‘हाम्रो गाउँघरमा शिविर संचालन गरेर धेरै राम्रो काम गर्नु भएको छ । किनकि यो शिविरमा निःशुल्क चेकजाँच र औषधी समेत मिलेको छ । अरु ठाउँ चेकजाँच गराउन जादा समय र खर्च धेरै लाग्ने गरेको छ । शिविरबाट म धेरै नै खुसी भएको छु ।’ –स्थानीय राम जीत यादवले भने ।यस्तै निःशुल्क चेकजाँच भएको कारणले धेरै नै राम्रो लागेको बताउँदै समय र पैसाको बचत भएको स्थानीयय धुपा यादवले बताइन् ।

यशोधरा गाउँपालिलाई छनोट गर्नुको मुख्य कारण भनेको यो गाउँपालिका कपिलवस्तुको अरु पालिका भन्दा यो पालिका पछाडि भएको कारणले गर्दा छनोट गरिको छ । यस क्षेत्रमा विरामी भएको मान्छे औषधी नगराउने घरमै बस्ने गर्दछन । बोर्डर क्षेत्रलाई प्राथमिकता मा राखेर यो शिविर संचालन गरिएको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय को स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका वरिष्ठ कल्याण निरिक्षक अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।