ताजा अपडेट »

कोभिड संक्रमण दर बढ्यो

विहीबार, ०९ असार २०७९, १६ : ५५
6 Shares


काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २४ सय ९४ जनामा गरिएको परीक्षणबाट ४९ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार १२ सय ३४ जनाको पीसीआर र १२ सय ६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । यस्तै, अहिले नेपालमा एक सय ६७ जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । कोरोनका कारण नेपालमा हालसम्म ११ हजार नौ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।