ताजा अपडेट »

बुटवलमा ‘स्टडी इन इन्डिया एक्स्पो': शैक्षिक परामर्श लिँदै अभिभावक तथा विद्यार्थी

बुधबार, ०८ असार २०७९, १० : ४७
6 Shares

बुटवल । उच्च शिक्षा अध्ययनका लागि भारतका विभिन्न कलेज बारे जानकारी दिने उद्देश्यसहित बुटवलमा आयाोजित शैक्षिक एक्सपोमा नेपालका अभिभावक तथा विद्यार्थीले परामर्श लिएका छन्। अफेयर्स नेपाल प्रालिको आयोजनामा बुटवलमा मंगलबारबाट शुरू भएको शैक्षिक मेलामा २० भन्दा बढी भारतीय विश्वविद्यालयको उपस्थिति रहेको छ ।

बुधबारसम्म चल्ने ‘स्टडी इन इन्डिया एक्स्पो’ मा उपस्थित अभिभावक तथा विद्यार्थीले अध्ययन गर्न चाहेको संकाय तथा कोर्षहरु बारे जानकारी लिएका छन् । भारतका २० भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहेको मेलामा आएका विद्यार्थीले आफूले पढ्न चाहेको बिषयका बारेमा जानकारी लिएको आयोजक अफेयर्स नेपाल प्रालिका प्रबन्ध निर्देशक कुमार थपलियाले बताए । उनले आफूहरुले संख्यालाई भन्दापनि गुणस्तर र प्रभावकारितालाई जोड दिएको बताउँदै एक्सपोको उद्देश्यअनुसार सम्पन्न हुने बताए ।

बुधबार साँझ सम्पन्न हुने एक्सपोमा विद्यार्थीले आफूले अध्ययन गर्न चाहाने विषय, कलेज,शुल्क,सेवा लगाएतका विषयमा कलेजका प्रतिनिधिबाट पूर्ण जानकारी लिन पाउने प्रबन्ध निर्देशक थपलियाले जनाए ।

त्यसैगरी शैक्षिक मेलामा नयाँ पाठ्याक्रमहरू, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, , नियुक्ति र छात्रवृत्ति विकल्पहरूका बारेमा विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराइनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।