ताजा अपडेट »

बुटवलमा आजदेखि वृहत् शैक्षिक मेला हुँदै

मंगलबार, ०७ असार २०७९, १० : ४१
5 Shares

बुटवल । आजदेखि बुटवलमा वृहत शैक्षिक मेला सुरु हुँदै छ । अफेयर्स नेपाल प्रालिको आयोजनामा बुटवल स्थित होटल क्लब डेनोभोमा वृहत् शैक्षिक मेला हुन लागेको हो । दुई दिनसम्म चल्ने ‘स्टडी इन इन्डिया एक्स्पो’ सो शैक्षिक मेलामा भारतका २० भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने द्धिविधा मेटाउन दुई सयभन्दा बढी कोर्षहरूका बारेमा जानकारी प्रदान गरिनेछ । नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो ।

शैक्षिक मेलामा नयाँ पाठ्याक्रमहरू, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरूका बारेमा विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराइने आयोजक अफेयर्स नेपाल प्रालिका प्रवन्ध निर्देशक कुमार थपलिया बताए ।

भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीहरूसँग प्रत्यक्ष कुराकानी गरी २० वटाभन्दा बढी प्रमुख विश्वविद्यालयहरूको जानकारी हासिल गर्न सक्ने गरी शैक्षिक मेलाको आयोजना गर्न लागेको अफेयर्स नेपाल प्रालिका प्रबन्ध निर्देशक थपलियाले जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।