ताजा अपडेट »

होराइजनमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता

सोमबार, २१ माघ २०७५, ०८ : ०४
4 Shares

माघ २१,
बुटवल । होराइजन गौतम बुद्ध मा.वि.ले विज्ञान, गणित तथा आईटी सम्बन्धी जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । जिल्लाभरिका विद्यालयहरूसंग आत्मीय सम्बन्ध स्थापीत गर्ने तथा ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यका साथ विद्यालयको वार्षिकोत्सवका अवसरमा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता संचालन गरिएको हो । उक्त प्रतियोगितामा होराइजन गौतम बुद्ध स्कुल संचालन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूको अध्यक्षता रहेको थियो ।

राष्ट्रिय परीक्षा बोर्ड रुपन्देहीका कार्यालय प्रमुख टिकाराम अर्यालयको प्रमुख आतिथ्यता, तिलोत्तमा नगरपालिकाका नगर शिक्षा प्रमुख हरि प्रसाद ज्ञवालीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा न्यू होराइजन कलेजका क्याम्पस प्रमुख लोकनाथ उपाध्याय, न्यूू होराइजन मातृसंस्थाका उप–प्राचार्य बासुदेव अर्याल, न्यु होराइजन कलेजका सहायक क्याम्पस प्रमुख इन्द्र प्रसाद भुसाल, न्यु होराइजन कलेजका संस्थापक एवं प्राध्यापक प्रदीप अर्याल, लक्ष्मण प्रसाद गौतम, प्रकाश घिमिरे, भास्करनाथ पाण्डेय लगायतको आतिथ्यता रहेको थियो ।


प्रतियोगिताका संयोजक जीवनाथ भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रममा संस्थाका प्राचार्य गोपाल प्रसाद आचार्यले मन्तव्य राख्दै जिल्लाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबिच आत्मीय सम्बन्ध स्थापना गर्ने र विद्यार्थीमा अन्तरनिहित क्षमताको प्रस्फुटन गराउने उद्देश्यका अलि पृथक विज्ञान, गणित तथा आई टी सम्बन्धी जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको र यसले जिल्लाभरिमा रहेका सम्पूर्ण विद्यालयहरूलाई जोड्ने कडिका रुपमा काम गर्ने बताउनुभयो ।

यसैगरी न्यु होराइजन कलेजका प्राचार्य लोकनाथ उपाध्यायले विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ अत्यावश्यक रहेको कुरा बताउनुभयो । प्रमुख आतिथिको मन्तव्य राख्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवलका कार्यालय प्रमुख टिकाराम अर्यालले विज्ञान, गणित र आईटी सम्बन्धी हाजिरी जवाफ अनुकरणीय रहेको भन्दै आगामी दिनमा पनि संस्थाले यस किसिमका बौद्विक कार्यक्रमलाई निरन्तरता दिदैं जानुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमको संचालन शिक्षक बाबुराम गैह्रे तथा कृष्ण पौडेलले गर्नुभएको थियो ।


समुद्घाटन कार्यक्रम अन्तर्गत हाजिरी जवाफको हिट राउण्डमा ३३ वटा विद्यालयहरूले सहभागिता जनाएका थिए । जस अन्तर्गत ६ वटा विद्यालयहरू क्रमश १) शान्ति नमूना मा.वि. मणिग्राम २) डन चिल्ड्रेन स्कुल नया“मिल ३) कान्ति मा.वि. बुटवल ४) दीप बोर्डिड्ड स्कुल बुटवल, ५) सेभेन स्टार मा.वि. ६) कालिका मानवज्ञान मा.वि. बुटवल फाइनल चरणमा प्रवेश गरेका थिए । हाजिरीजवाफ प्रतियोगिताको फाइनल चरणमा प्रवेश गरेका विद्यालयबीचको प्रतिस्पर्धाबाट शान्ति नमूना मा.वि. मणिग्रामले प्रथम स्थान, डन चिल्ड्रेन्स मा.वि. नया“मिलले द्वितीय स्थान, दीप बोर्डिड्ड स्कुल बुटवलले तृतीय स्थान, कालिका मा.वि. बुटवलले सान्त्वना स्थान हासिल गरेका थिए । जिल्ला प्रथम, द्वितीय, तृतीय एवं सान्त्वना स्थान हासिल गर्न सफल विजयी समूहलाई क्रमशः रु १५०००– शिल्ड तथा प्रमाण पत्र, द्वितीय स्थान हासिल गर्ने समूहलाई रु.१२०००।– शिल्ड तथा प्रमाण पत्र, र तृतीय हुने समूहलाई रु.८०००।– शिल्ड तथा प्रमाण पत्र र सान्त्वना स्थान प्राप्त समूहलाई रु ३०००।– शिल्ड तथा प्रमाण पत्रले सम्मान गरिएको थियो भने सहभागी सम्पूर्ण विद्यालय तथा विद्यार्थीलाई प्रमाण पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि होराइजन गौतम बुद्ध स्कुलले संस्थाका शैक्षिक संयोजक जीवनाथ भण्डारीको संयोजकत्वमा मूल समिति र विभिन्न उपसमिति बनाई कार्य सम्पादन गरेको कुरा उप–प्राचार्य ज्ञानेश्वर ज्ञवालीले जानकारी गराउनुभयो । कार्यक्रमलाई रोचक बनाउन संस्थाको सांस्कृतिक टोलीबाट रोचक गीत, नृत्य प्रस्तुत गरी मनोरञ्जन समेत प्रदान गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।