३ जेष्ठ २०७९, मंगलवार

May 17, 2022

मंसिर ८,

Advertisement

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शुल्क समायोजन गरी कार्यान्वयनका लागि सरकारले दिएको निर्देशन निर्धारित समयभित्र कार्यान्वयन गर्न आग्रह गरेको छ ।

अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले संयुक्त रुपमा आज जारी गरेको प्रेस विज्ञप्तिमा निर्धारित १५ दिनको समयभित्र सहमतिको कार्यान्वयन नगरिए मेडिकल कलेजहरुको एफिलेशन खारेज गर्न, अध्ययनरत विद्यार्थीको व्यवस्थापन गर्न, निर्धारितभन्दा बढी शुल्क लिने कलेज सञ्चालकलाई गिरफ्तार गरी कारवाही अगाडि बढाउन सरकारलाई आग्रह गरिएको छ । निरन्तर खबरदारी र दबाब दिँदा पनि मेडिकल कलेजले सहमति कार्यान्वयन नगरे अनेरास्ववियु कडा आन्दोलनमा उत्रिने विज्ञप्तिमा उल्लेख छ । युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीमाथि गरिएको दमनको भत्र्सना गर्दै शान्तिपूर्ण आन्दोलन र धर्नामा रहेका विद्यार्थीलाई होस्टलमा बस्ने र जीवनको सुरक्षाको प्रबन्ध मिलाउन कलेज प्रशासनलाई अनेरास्ववियुले आग्रह गरेको छ ।

मेडिकल शिक्षाको क्षेत्रमा देखिएका विसङ्गति, शुल्क, छात्रवृत्तिलगायतका समस्यामा विषयमा अनेरास्ववियुको पटकपटकको ध्यानाकर्षणपछि मेडिकल सञ्चालन, विश्वविद्यालय र सरकारसँग विभिन्न सहमति र समझौत भएको थियो । तर मेडिकल कलेजले उक्त सम्झौताको प्रभावकारी कार्यान्वयन गरेका छैनन् । – रासस

प्रतिकृया दिनुहोस्

Flash News

भरतपुरमा रेनु विजय सुवेदी भन्दा ५९ मतले अघि गाउँपालिकाका निवर्तमान अध्यक्ष वडा सदस्यमै पराजित ललितपुर महानगरमा चिरिबाबुकाे फराकिलाे अग्रता श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री बुटवलमा गठबन्धन दलबाट पाण्डेको अग्रता, मतान्तर बढ्दो सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता गुल्मीको रुरु गाउँपालिका अध्यक्षमा यदु ज्ञवाली निर्वाचित स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान ? देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस ४४४ मत पछाडी बालेनले बनाए साढे ४४ सयको मतान्तर भरतपुरमा ४ वटा वडाको मत गणना सकियो, रेणु दाहाल ३० मतले अघि बुटवलमा कांग्रेसका पाण्डे र एमालेका भट्टराईबीच करिब ३ हजार मतको फरक भरतपुरमा पुनः गठबन्धनकी रेनुको अग्रता धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि