२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर ८,
ग्लोबल आवाज
तिलोत्तमा । प्रदेश पाँच सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेश पाँचलाई शिक्षाको हवको रुपमा विकास गरिने बताएका छन् । प्रदेश सरकार गुणस्तरीय शिक्षाको लागि पूर्वाधार तयारीमा जुटेको बताउँदै मन्त्री चौधरीले शिक्षामा देशकै नमूना प्रदेशको रुपमा विकास गरिने बताए । रुपन्देहीको तिलोत्तमामा अवस्थित राममणि बहुमुखी क्याम्पस मणिग्रामको पहिलो क्याम्पस सभाको उद्घाटन गर्दै उनले गुणस्तरीय शिक्षाबिना भविष्यमा असल राजनैतिक संस्कारको विकास नहुने उल्लेख गरे ।

शिक्षा क्षेत्रमा प्रदेश ५ मुलुककै उत्कृष्ट भएको उनको दाबी छ । विकासको दृष्टिले पनि प्रदेश पाँच अन्य प्रदेशको तुलनामा उत्कृष्ट भएको उनले बताए । अहिले लगानीमैत्री वातावरण तयार गरिरहेको बताउँदै दुई उदियमान ठुला राष्ट्रको बीचमा रहेको मुलुकले अब विकासमा फड्को मार्नु अपरिहार्य रहेकोमा जोड दिए । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले तिलोत्तमामा आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम कार्यान्वयन हुन लागेको जानकारी दिंदै शिक्षा क्षेत्रमा राममणि क्याम्पसले पुर्याएको योगदान उल्लेख्य रहेको बताए । उनले तिलोत्तमालाई शैक्षिक विकासको समेत केन्द्र बनाउने गरी स्थानीय सरकार अघि बढेको भन्दै यहाँका सामुदायिक विद्यालयलाई निकट भविष्यमै संस्थागत विद्यालयको दाँजोमा पुर्याइने बताए ।

कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणिप्रसाद पाठकले तिलोत्तमा नगर शहरोन्मुख नगरको रुपमा विकास भइरहेकाले आगामी दिनमा प्राविधिक र व्यावसायिक विषयको आवश्यकता बढ्दै गएको बताए । सभाले राममणि बहुमुखी क्याम्पसकोे सञ्चालक समितिको अध्यक्षमा पुनः रोमणि प्रसाद पाठकलाई निर्विरोध चयन गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने