ताजा अपडेट »

जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग 

विहीबार, २६ जेठ २०७९, ११ : ५८
24 Shares


काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भइसकेको दुई महिना पूरा हुन लाग्दासमेत विद्यार्थीले पाठ्यक्रम पाएका छ्रैनन् । जसकारण पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड खारेज गर्न माग गरिएको हो । 

बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद नविना लामाले बेलैमा पाठ्यपुस्तक छाप्न र विद्यार्थीलाई उपलब्ध गराउन नसक्ने हो भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड खारेज गर्नुपर्र्ने बताएकी हुन् । 

‘अहिले कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव छ । जनक शिक्षाले बेलैमा पाठ्यपुस्तक छाप्न र वितरण गर्न सक्दैन भने किन लगानी गर्ने ? किन खर्च गर्ने ? उनीहरु जवाफदेही हुनुपर्दैन,’ उनले भनिन्, ‘पाठ्यपुस्तक दिन नसक्ने जनक शिक्षा खारेज गरौँ । अब निजी क्षेत्रलाई पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मा दिऔँ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।