ताजा अपडेट »

कालिका क्याम्पसमा विद्यार्थीलाई स्वागत

शनिबार, ०७ मंसिर २०७६, १८ : ४०
8 Shares

मंसिर ७,
ग्लोबल आवाज

बुटवल । रुपन्देहीको बुटवलमा रहेको कालिका क्याम्पसमा शनिवार विशेष कार्यक्रम गरि बिबिएस र बिसीएका नव आगन्तुक विद्यार्थीहरुकालाई स्वागत गरिएको छ । क्याम्पसमा बिबिएस दोश्रो वर्ष र बिसीए तेश्रो सेमेस्टरको आयोजनामा नयाँ विद्यार्थीहरुको लागि स्वागत कार्यक्रम आयोजना गरिएको थियो ।

स्वागत कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख घनश्याम पाठकले सात वर्ष अघि सामुदायिक क्याम्पसको रुपमा ३८ जना विद्यार्थीहरु भर्ना गरि क्याम्पसको शुरुवात गरिएकोमा अहिले क्याम्पसमा करिब ८ सय विद्याथीहरु अध्ययन गरिरहेको र त्यस क्याम्पसका विद्यार्थीहरुले विस्वविद्यालयको परिक्षा र व्यवसायिक जीवनमा उत्कृष्ट सफलता हासिल गरेको चर्चा गर्दै आउदो वर्षदेखि क्याम्पसको आफ्नै अत्याधुनिक एवं भौतिक तथा शैक्षिक सुविधा सम्पन्न भवनमा क्याम्पस संचालन हुने र स्थानीय आवस्यकता अनुसार विज्ञान, कानून, शिक्षा र पत्रकारितामा स्नातक र स्नातकोत्तर तहका पढाइ संचालन गर्न लागेको जानकारी दिए । क्याम्पस व्यवस्थापन समिति अध्यक्ष तथा बुटवल उमनपा वार्ड न. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले विद्यालय तहमा कालिका स्कूलले देशमै उत्कृष्ट नतिजा हासिल गरिरहेको अवस्थामा बुटवल कालिका क्याम्पसले समेत स्नातक तहमा गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएकोले बुटवलबासीको लागि गर्वको कुरा भएको बताए ।

कार्यक्रममा क्याम्पस संयोजक दिनेश थापाले क्याम्पसको शैक्षिक अवास्थाको बारेमा रुपरेखा प्रस्तुत गरेका थिए भने होम बहादुर गलामी, नित्यानन्द ज्ञवाली, प्रशान्त पौडेल,मन्जु नेपाली लगायतले शुभकामना मन्तब्य राखेका थिए । उक्त कार्यक्रममा वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बिबिएस तर्फका ९ जना र बिसीए तर्फका ३ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । अर्जुन पोखरेलको अध्यक्षता भएको उक्त कार्यक्रम विनोद ज्ञावाली र आशिका भण्डारीले संचालन गरीका थिए । कार्यक्रममा विद्यार्थी र शिक्षकहरुले बिभिन्न आकर्षक सास्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।