२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर ७,

Advertisement

ग्लोबल आवाज

कपिलवस्तु । गैर सरकारी संस्था नेपालका अध्यक्ष प्रविक कुमार श्रवास्तवले बालबालिकाको अधिकार सुनिश्ति भए मात्रै समृद्ध नेपाल सुखि नेपालीको नारा सार्थक हुने बताएका छन् । शनिबार कपिलवस्तुको बाणगंगा नगरपालिका–८ बोर्डगाउँको जलेश्वर मन्दिको सभाहलमा घर घरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालले आयोजना गरेको वेटर व्रिक नेपाल परियोजना संचालन गरी उद्योगलाई बालमैत्रि तथा वालश्रम मुक्त गर्न सफल रहेका उद्योगहरुलाई प्रविधिक सुधारका लागि चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोदन गदै उनले यस्तो बताएका हुन् ।

गाउँ-गाउँमा सिंहदरवार नारालाई पुरा गर्न राज्यले बनाएको ऐन कानुन पुरा गर्न आश्यक रहेको बताए । सरकारले कुनै अधिकार ल्याउदैमा अधिकार पुरा नहुने बताउदै अधिकारका नारामालाई व्यवहारमा देखाउन सक्नुपर्ने तर्क गरे । त्यस्तै कार्यक्रममा वडा नम्वर ८ का वडा अध्यक्ष गुणानिधि भुषालले अधिकारका कुरा गर्दा अझैै पनि कतिपय बालबालिका आफनो अधिकार बाट बञ्चित भएको बताए । साथै उनँले सुविधाले दिएको अधिकार सबैलाई उतिकै मात्रामा लागु हुनुपर्ने तर्क गरे । वडा अध्यक्ष भुषालले बालश्रम हुन सफल उद्योगहरुलाई धन्यवाद समेत दिए ।

कार्यक्रममा बुद्धभुमि नगरपालिका अधिकृत राजन पोख्रेल, ईट्टा व्यवसायिकका महासचिव रुक वहादुर भुषाल, युवा नेता तथा समृद्धि ईट्टा उद्योगकका संचालक डमर शर्मा, कालिका स्वालम्वन सामाजिक संस्थाका रामेन्द्र रावल लगायतले बालबालिकाको क्षेत्रमा तीन वटै तहका सरकार सम्वेदनशिल हुनु पर्ने बताँउद शिक्षा, स्वास्थ्य, समाजिक उतरदायित्व क्षेत्रमा स्थानिय निकालले अनुगामन गर्न समेत आवश्यक रहेको बताए । संस्थाका प्रतिनिधी तथा पत्रकार कमल चौधरीले कार्यक्रमको प्रस्तुती दिदै सन् २०१४ देखि २०१९ सम्मका संस्थाका उपलब्धिहरुको बारेमा जानकारी दिए ।

घर घरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका अध्यक्ष थनकला पौडेलको अध्यक्षता, संस्थाका सचिव विष्णु प्रसाद न्यौपानेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन संञ्जुल केसीले रहेको थियो । उक्त कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष धुव बेल्लवासे, इट्टा उद्योगीहरु, विभिन्न संग संस्थाका प्रतिनिधि, बुद्धिजिवी, समाजसेवी लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा रुपन्देहीको सोना इट्टा उद्योगका विक्रम बज्रञ्चार्य, कपिलबस्तुका एन.एस.एस ईट्टा उद्योगका दुनिका भुषाल, वौद्ध ईट्टा उद्योगका किरण खड्का, संमृद्ध ईट्टा उद्योगका डमर शर्मा र लक्की ईट्टा उद्योगका सुनिल श्रेष्ठ लाई ५० हजारको प्रविधिक सुधारका लागि चेक हस्तारन्तरण गरिएको थियो ।

संस्थाहरुले बालबाकिाको क्षेत्रमा कार्यक्रममा बाल श्रम मान्य छैन, बाध्यकारी वा इच्छा विपरित श्रम मान्य नहने, पारिश्रमिक तथा कार्य घण्टाको उचित व्यवस्थापन, कार्यस्थल सुरक्षा तथा स्वास्थ्यको उचित व्यवस्थापनका ५ वटा सर्तहरुमा काम गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने