ताजा अपडेट »

कान्ति माविमा नयाँ शैक्षिसत्रका लागि घरदैलो अभियान

विहीबार, २२ बैशाख २०७९, ०८ : ४४
6 Shares

बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलले नयाँ शैक्षिकसत्र २०७९ का लागि भर्ना अभियान सञ्चालन गरेको छ । यसैगरी शिशु कक्षा देखि कक्षा ९ सम्मका बालबालिकाहरुका लागि विद्यालयको कार्य क्षेत्र अन्तरगत बुटवल उपमहानगरपालिका वडा नं १, ४, ५,६ का प्रत्येक टोलमा घरदैलो कार्यक्रम गरेको छ ।

विद्यालय कार्य क्षेत्रका विद्यालय उमेर समुहका कुनै पनि बालबालिकाहरु शिक्षाको पहुँचबाट वञ्चित हुन नपरोस भन्ने उद्देश्यले बैशाख १९ र २० गते विद्यालय परिवारको सक्रिय सहभागीतामा उक्त कार्यक्रम सम्पन्न गरिएको विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्मा, सदस्य कृष्ण अर्याल, सल्लाहकार डा. बालकृष्ण चापागाईं लगायत स्थानीय समाजसेवीको सहभागीतामा रहेको थियो । दुई दिनसम्म गरिएको घरदैलो अभियानले उत्साहजनक प्रतिक्रियाहरु प्राप्त भएको विद्यालयका सहायक प्राचार्य केदारनाथ ज्ञवालीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।