१२ जेष्ठ २०७९, बिहीबार

May 26, 2022

बुटवल । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ (हिसान) रुपन्देहीको छैटौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले दिनेश भुसालको अध्यक्षतामा १५ सदस्ययीय जिल्ला कार्यसमिति चयन गरेको हो । भुसाल अक्सफोर्ड कलेज बुटवलका प्राचार्य हुन् ।

Advertisement

जसको वरिष्ठ उपाध्यक्ष पुष्प घिमिरे, उपाध्यक्षमा मधुप्रकाश ज्ञवाली, सचिवमा बाबुराम बञ्जाडे, कोषाध्यक्षमा नबेन्दु ढकाल र सहसचिवमा राजेशराज जोशी रहेका छन् । त्यस्तैगरी सदस्यहरुमा यम बहादुर राना, गोपाल आचार्य, गोपाल न्यौपाने, तिलब केसी, कृष्ण न्यौपाने, शंकर भट्टराई, कृष्ण गैरे, लक्ष्मण अर्याल, श्री रायमाझी र दिवाकर ढकाल रहेका छन् । कार्यक्रममा बोल्दै हिसानका केन्द्रीय अध्यक्ष रमेश कुमार शिलवालले शैक्षिक विकास विना देशको विकास सम्भव नभएको बताए ।

कार्यक्रममा हिसानका निर्देशक रामचन्द्र आचार्य, हिसानका उपाध्यक्ष लोकनाथ उपाध्याय, राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख रमाकान्त तिवारी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थी, हिसानका केन्द्रीय दामोदर भुसाल, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा अभिभावक संघका लोकनाथ ज्ञवाली लगाएतले बोलेका थिए ।

हिसान रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षता, उपाध्यक्ष दिनेश भुसालको स्वागत तथा सचिव पुष्प घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे: झलनाथ शुक्रबारबाट क्यूएफएक्ससहित देशभरका हलमा ‘कबड्डी-४’ सत्तारुढ गठबन्धनले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेको हो : रावल दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई ओलीको चुनौती आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर ३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ? परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : ओली विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : ओली त्रिवि शिक्षण अस्पतालमा एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी विदेश पठाई दिन्छु भनि २५ लाख ठगी गर्ने एक जना पक्राउ निर्वाचनमा प्रतिपक्षी दलमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बाेधन प्युठानमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु