ताजा अपडेट »

रुपन्देहीमा खुल्यो लुम्बिनी वल्र्ड स्कूल

शनिबार, १० बैशाख २०७९, १६ : ५१

भैरहवा ।  रुपन्देहीमा खुलेको लुम्बिनी वल्र्ड स्कुल सन्चालनको तयारीमा छ । तिलोत्तमा–१३, मधवलियामा खुलेको यो स्कुलाई सन्चालकहरूले उपत्यका बाहिरको सर्वोत्कृष्ठ स्कुलको रुपमा दाबी गरेका छन् । आगामी शैक्षिक सत्रबाट यो सन्चालनमा आउन लागेको हो । 

रुपन्देहीबाट पठनपाठनका लागि भारत जाने विद्यार्थी रोक्न, पढाइसहित संस्कार सिकाउन यो स्कुल सफल हुने प्रिन्सिपल विष्णुप्रसाद ढकालले बताए। 


पहिलो बर्षमै यहाँ कक्षा १ देखि ८ सम्म पठनपाठन सुरु गरिनेछ । २० जना मात्रै विद्यार्थी राखिनेगरी प्रत्येक कक्षा कोठाको डिजाइन गरेको, आइटी, पुस्तकालय लगायतको सुविधा रहेको स्कुल प्रशासनले जनाएको छ । स्कुलले आफ्नै पाठ्यक्रम बनाएर हरेक विषयमा दुई जना शिक्षक राखेर नियमित कक्षा संचालन गर्न विदेशमा अनुभव प्राप्त शिक्षक ल्याएको छ ।

साढे ३ बिगाहा क्षेत्रफलमा रहेको स्कुलको मूल भवनसहित पुस्तकालय, स्वीमिङ पुल, क्याप्टेरिया, फुटसल, बास्केटल बल कोर्ट लगायतका पूर्वाधार रहेको र केही निर्माणको क्रममा रहेको स्कुलका अध्यक्ष योगश घिमिरेले जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।