ताजा अपडेट »

हावाहुरीले उडायो विद्यालयको छाना

शुक्रबार, ०२ बैशाख २०७९, २१ : ५१
4 Shares

खोटाङ ।  हावाहुरीले खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङस्थित कन्यछाँगा आधारभूत विद्यालयको छाना उडाएको छ । 

बिहीबार साँझ चलेको हावाहुरीले साबिकको बोपुङ–४ खरबारीस्थित विद्यालयको तीन कोठे भवनको छाना पूर्णरुपमा उडाएको हो । हावाहुरीले विद्यालयको छाना उडाएर जमिनमा थुपारेको छ । 

छाना उडाएपछि कन्यछाँगा आधारभूत विद्यालयका विद्यार्थी खुला आकाशमुनि बस्न बाध्य बनेका छन् । हाल जन्तेढुंगा गाउँपालिकाका सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । सो विद्यालयका विद्यार्थी भने घाममा बसेर परीक्षा दिन बाध्य बनेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।