ताजा अपडेट »

मदरसामा अध्ययनरत बालबालिकालाई आयुर्वेद तथा योग शिक्षा

सोमबार, २८ चैत्र २०७८, ०७ : ०९
6 Shares

परासी । नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ हरपुरमा रहेको मदरसा मदिनतुल ओलुममा विद्यालयमा अध्ययनरत बालबालिकालाई "आयुर्वेद शिक्षा तथा योग शिक्षा कार्यक्रम" सम्पन्न भएको छ ।

प्रतापपुर आयुर्वेद शाखाको आयोजनामा मदरसा मदिनतुल ओलुम विद्यालयमा आयुर्वेद शिक्षा तथा योग शिक्षा सम्बन्धी महत्व र आवश्यकता बारे चार दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।मदरसामा अध्यनरत विद्यार्थीहरुलाई आयुर्वेद सम्वन्धि ज्ञान दिन गाउँपालिकाको कार्यक्रम अनुसार आयुर्वेद शाखाले विद्यालय आयुर्वेद शिक्षा तथा योग शिक्षा कार्यक्रम मदरसामा सम्पन्न गरेको छ ।

सम्पन्न भएको कार्यक्रमा मदरसा मदिनतुल ओलुम विद्यालयका करिब १३० जना विद्यार्थी सहित शिक्षकहरुको सहभागीता रहेको थियो । कक्षा ७ देखि कक्षा ११ सम्म अध्यनरत विद्यार्थीहरुलाई आयुर्वेदको परिचय आयुर्वेद औषधिको बारेमा जानकारी, योग शिक्षा, जडिवुटीबारेमा जानकारी, दिनचर्या र रात्रिचर्या, ऋतुचर्या, आहार शैली र आयुर्वेदीय जीवनशैलीको बारेमा जानकारी गराईएको आयुर्वेद शाखाका प्रमुख दिनबन्धु मिश्राले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।