ताजा अपडेट »

स्कलर्स होममा विज्ञान प्रदर्शनी

शुक्रबार, २५ चैत्र २०७८, २२ : ३४
6 Shares

बुटवल । बुटवलस्थित स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कूलमा विज्ञान प्रर्दशनी सम्पन्न भएको छ । साथै सो अवसरमा बाल प्रतिभा पुरस्कृत गरिएको छ । विगत ३० वर्षदेखि शिक्षा प्रदान गर्दै आएको विद्यालयले अभिभावकका लागि अभिभावन कार्यक्रम समेत गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले शैक्षिक क्षेत्रका अतिरिक्त विकास निर्माणका बारेमा चर्चा गर्दै व्यवहारिकसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिन आग्रह गरिन् ।

विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले विद्यालयले नियमित पाठ्यक्रमका अतिरिक्त अहिलेको आवश्यकता बमोजिमको जनशक्ति उत्पादन गर्ने गरी अतिरिक्त क्रियाकलापलाई पनि बढी प्रथामिकतामा राख्दै आएको बताए । वर्षौ अनुभव प्राप्त शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको चर्चा गर्दै बन्जाडेले स्कलर्सका थुप्रै विद्यार्थीहरु डाक्टर, इन्जिनियर देखि उच्च तहमा पुगेको बताए ।

कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सदस्य देउप्रकाश राई, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनहरी बस्याल, उपप्राचार्य टिकाराम गौतम, प्रशासन शाखाका लोकप्रसाद भण्डारी राजु, अभिभावक संघका लोकनाथ ज्ञवाली लगाएतले आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा प्रतिभाहरुका साथै विद्यालयको शैक्षिक विकासमा योगदान पुर्याउने शिक्षक शिक्षिकालाई समेत सम्मान तथा पुरस्कृत गरिएको प्राचार्य बञ्जाडेले बताए ।

विद्यालयले शुक्रबार नै गरेको अभिभावन कार्यक्रममा मानव सेवा आश्रम केन्द्रीय सचिव रुपा केसीले प्रशिक्षण दिएकी थिइन् । उनले बालबालिकासग अभिभावकले खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएकी थिइन । प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।