ताजा अपडेट »

भैरहवाकाे रेडसन हाेटल ब्यवस्थापनकाे जिम्मा शाईनीलाई

विहीबार, २४ चैत्र २०७८, १४ : १३
10 Shares

भैरहवा । भैरहवामा सञ्चालनमा रहेको चारतारे होटल बोधी रेड्सनको ब्यवस्थापन शाईनी होटल्स एण्ड रिसोर्टले लिएको छ । भारतमा होटल ब्यवस्थापनमा प्रख्यात मानिएको शाईनीले रेडसन आफ्नै रेखदेखमा सञ्चालन सुरु गरेको छ ।

अबका दिनमा शाईनीले बोधी रेडसनको ब्यवस्थापन, सेल्स र बजार सबै आफैले तय गरि होटल सञ्चालन गर्ने जनाएको छ । ग्लोबल आवाजसंग कुरा गर्दै शाइनी होटल्स एण्ड रिसोर्टका मूख्य कार्यकारी अधिकृत दिपक ठाकुरले भारतको ब्राण्ड कम्पनीले शाईनीले नेपालको केही अन्य होटलहरुमा पनि ब्यवस्थापनको प्रयास गरिरहेको जनाए । बिशेष गरि सीमा क्षेत्रमा रहेका होटलहरुलाई लक्षित गरि शाइनीले चेन ब्यवसायको रुपमा यसलाई परिस्कृत गर्ने र नेपाल भ्रमणमा आउने भारतीय तथा आन्तरिक पर्यटकलाई एकै प्रकारको सेवा उपलब्ध गराउने लक्ष्य रहेको जनाए ।

शाईनीले यस अघि काठमाण्डौंको रुद्र भ्यु, मूनलाई रिसोर्ट, गोल्डेन गेट लगायतका होटलहरुमा पनि आंशिक ब्यवस्थापनको काम हेरेको ठाकुरले जानकारी दिए । सीमा क्षेत्रमा भारतीय पर्यटकहरुका लागि अधिकतम पर्यटनको सम्भावना रहेको र भारतमा आफ्नो राम्रो पकड रहेको कारण यसले नेपालका होटल तथा पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने ठाकुरको भनाई छ । निकट भविष्यमै शाईनी ट्रिप नाम गरेको ट्रावल ब्यवसाय पनि सञ्चालन गर्ने र यसले यहा भारतीय पर्यटकको वृद्धि गर्न थप सहयोग पुग्ने उनले बताए ।

ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरमा सञ्चालनमा रहेको बोधी रेड्सनमा अहिले ९८ वटा उच्चस्तरिय कोठा, १६ वटा भिला सहित क्यासिनो, ब्यायमशाला, ५ सय बढी क्षमताको बैठक कक्ष, वाटर पार्क लगायतको सुविधा रहका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।