ताजा अपडेट »

डन चिल्ड्रेनमा गणित प्रदर्शनी तथा खाजा महोत्सव

आइतबार, २० चैत्र २०७८, ०७ : ५९
8 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा–६ नयाँमिलस्थित डन चिल्ड्रेन ई।हाई स्कूलमा गणित प्रदर्शनी तथा पाक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुमा भएको गणितको क्षमता प्रदर्शन र अवलोकनका लागि गणित प्रदर्शनी र खानाका परिकार बनाउने सीपको विकास गर्नका लागि खाजा महोत्सवको आयोजना गरिएको स्कूलका प्रिन्सिपल सुवोध भट्टराइले बताए ।

कार्यक्रमलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार पाठकले औपचारिक रुपमा शुभारम्भ गरेका थिए । सो अवसरमा उनले विद्यार्थीहरुको प्रतिभा पहिचान र प्रवद्र्धनका लागि विद्यालयले अन्य अतिरिक्त क्रियाकलाप गर्दै आएको र आवश्यकताअनुसार थप गर्न पनि शिक्षकहरुलाई आग्रह गरे ।

शनिबार आयोजित कार्यक्रममा गणित सम्बन्धी तथा खानाका परिकार सम्बन्धी विभिन्न स्टलहरु राखिएको र सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरुको विभिन्न प्रस्तुती पनि रहेको विद्यालयका शिक्षक दयाराज खरालले जानकारी गराए ।

कक्षा ८ र ९ का विद्यार्थीद्वारा गरिएको गणित प्रदर्शनी र कक्षा ७ र ८ का विद्यार्थीले पकाएको खाजा महोत्सवमा विद्यालयका अन्य विद्यार्थीहरु,अभिभावकहरुको उत्साहजनक सहभागिता रहेको शिक्षक खरालले बताए ।

विद्यालयका प्रबन्ध निर्देशक यज्ञ अर्यालले सैद्धान्तिक ज्ञान र शिक्षासँगै विद्यार्थीहरुलाई व्यवहारिक बनाउन प्रदर्शनी तथा महोत्सवले टेवा पुर्याउने बताउँदै यस्ता कार्यक्रम वाषिक रुपमा निरन्तर गरिने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।