ताजा अपडेट »

पपुवा न्युगिनीमाथि सहज जित, नेपाल फाइनलमा प्रवेश

विहीबार, १७ चैत्र २०७८, १६ : ११
2 Shares

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बिहिबार आफ्नो तेस्रो खेलमा पाहुना टोली पपुवा न्युगिनीलाई ३७ रनले पराजित गर्दै नेपालमा फाइनलमा प्रवेश गरेको हो । 

टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २०४ रनको विशाल पछ्याएको पपुवा न्युगिनी १९.४ ओभरमा १० विकेट गुमाउँदै १६६ रनमा समेटियो । पपुवा न्युगिनीका लागि चार्ल्स अमिनीले अर्धशतकिय पारी खेले । उनले ४७ बलमा ९ चौकाको मद्दतमा ६२ रनको योगदान गरे । ओपनरद्वय असाद भाला र लेगा सियाकाले समान एकएक रन बनाए । टोनी उराले ४३ रन बनाउँदा सेसे बाउले २५ रन, नर्मन भनुआले १७ रन, रिले हेकुरेले ६ रन, चाड सोपरले २ रन जोडे ।साइमन अताई शून्यमै आउट भए ।

नेपालका लागि करन केसीले पाँच विकेट लिँदा सोमपाल कामी र अविनाश बोहराले समान दुई/दुई विकेट लिए । कप्तान सन्दिप लामिछानेकाे नाममा एक विकेट रह्याे । यसअघि टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनाएको थियो ।  

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकिय पारी इंनिङ्सको योगदान दिए । उनले बलमा ४ छक्का र ३ चौकाको मदतमा सर्वाधिक ६६ रन जोडे ।  त्यस्तै, ओपनरद्वय कुशल भुर्तेल १७ रन तथा आसिफ शेख ३८ रनमा आउट भए । त्यसपछि मध्यक्रम सम्हालेका रोहित पौडेलले ४१ रन बनाए । साथै आजै नेपाली सिनियर टोलीमा डेब्यू गरेका आदिल अन्सारीले ३१ रन जोडे । उनले एकै ओभरमा ३२ रन जोडे । उनले नो बलमै ७ रन जोडेका थिए । 

बलिङतर्फ पीएनजीका कबुवा मोरेले ३ विकेट लिँदा रिले हेकुरेले २ विकेट लिए । त्यस्तै, नर्मन भनुआ र नौसेन  पोकनाले समान एक/एक विकेट लिए । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई नै १५ रनले हराउँदा दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।