ताजा अपडेट »

लुम्बिनी र सिक्किम प्रेस क्लबबीच भगिनी सम्बन्ध कायम गर्न प्रस्ताव

विहीबार, १७ चैत्र २०७८, ०८ : २५
4 Shares


सिक्किम । रुपन्देहीको भैरहवामा क्रियाशिल पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लब र सिक्किमको सिक्किम प्रेस क्लबबीच भेटघाट भएको छ । भेटघाटमा दुबै संस्थाबीच भगिनी सम्बन्ध कायम गर्ने प्रस्ताव गरिएको छ ।

पत्रकारितामा नेपाल र सिक्किम बीच ठोस रुपमा पहल नभएको अवस्थामा अबको अवस्थामा दुबै क्लबमार्फत त्यो दूरी घट्ने अपेक्षा गरिएको छ । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै क्लबका कोषाध्यक्ष अम्बर गुरुङले अबको दिनमा दुबै क्लबको सहकार्य हुनुपर्ने धारणा राखे । यस्तै लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले पनि नेपाली र सिक्किमको पत्रकारहरु बिच सहकार्य आवश्यक रहेको बताए ।

सिक्किम प्रेस क्लब अध्यक्ष शेखर खवासले सिक्किमले नेपाली पत्रकारिता मार्फत धेरै कुरा सिकिरहेको बताए । सिक्किम प्रेस क्लब आगामी बुद्ध जयन्तीमा नेपाल आउन इच्छुक रहेको खवासले जनाए । उनले नेपाली र सिक्किमका पत्रकारहरु बीच सहकार्य हुनु पर्ने धारणा राखे ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले पत्रकारको यो भेटघाट महत्वपूर्ण रहेको बताए । उनले सिक्किम र नेपालबीच भाषा, साहित्य र अन्य बिधामा प्राचीन समय देखि नै मधुर सम्बन्ध रहेको बताए ।

सिक्किम भ्रमणले अपनत्व प्रदान गरेको र सिक्किमबाट नेपालले पनि धेरै कुराहरु सिक्नु पर्ने धारणा राखे । उनले दुबै क्लब बिच भगिनी सम्बन्ध राख्न प्रस्ताव समेत गरे । अध्यक्ष केसीले आगामी बुद्ध जयन्तीमा सिक्किम प्रेस क्लबलाई आमन्त्रण समेत गरे ।

कार्यक्रममा सिक्किम प्रेस क्लबका पदाधिकारीका साथै स्थानीय पत्रकार एवम् सिक्किम भ्रमणमा रहेका लुम्बिनी प्रेस क्लबका पदाधिकारी एवम् सदस्यहरुको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।