१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

बागलुङ । फाेन सेवाका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता हटेकाे छ । कुश्मा नगरपालिका-१४ आठथर डाँडाखर्कमा नेपाल टेलिकमले २५ मिटर अग्लो स्थायी संरचना निर्माण गरेर टुजी र थ्रीजी सेवा सञ्चालनमा ल्याएसँगै सेवाग्राही लाभान्वित भएका हुन् ।

Advertisement

टावर सञ्चालनमा आएपछि मोदी गाउँपालिका-७ को रापु राम्जा वडा नम्बर ८ चित्रे, आधिखोला गाउँपालिकाको अधिकांश भूभागसँगै सिल्मी, पकुवा, आर्थर सँगै पर्वत र स्याङजाको संगम स्थलका बस्तीमा कभरेज पुगेकाे हाे ।

टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्य अनुरुप आफ्नो सेवा विस्तार र स्तरोन्नति कार्यलाई तीव्र रुपमा अगाडि बढाइरहेको सन्दर्भमा उक्त स्थानमा सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए ।

टेलिकमले टुजीमार्फत भ्वाइस र थ्रिजीमार्फत भ्वाइस अनि डाटा एकसाथ सञ्चालनमा ल्याएको उनले बताए ।

टेलिकमले उक्त टावरमा छिट्टै अत्याधुनिक प्रविधिको चौथो पुस्ताको फोरजी मोबाइल सेवा उपलब्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जनाएको छ । 

भौगोलिक विकटता, उपकरण पुर्‍याउन निकै कठिन परिस्थितिको सामना गर्दै टेलिकमसँगको सहकार्यमा मोबाइल सेवा सञ्चालन गरिएको कुश्मा नगरपालिका-१४ का वडा सदस्य इन्द्र गुरुङले जानकारी दिए । पहिले डाँडाकाँडातिर पुगेर फोन गर्नुपर्ने बाध्यता थियो अहिले यहाँ टावर निर्माण भएपछि घरमै बसेर मज्जाले कुराकानी गर्न र मोबाइल डाटा मार्फत इन्टरनेट चलाउन सहज भएको उनले बताए ।

टेलिकमले मोदी गाउँपालिका-३ लाङदी देउरालीमा पनि टावर निर्माण गरी सेवा सुचारु गरेको जनाएको छ । उक्त स्थानमा पहिलो पटक टुजी र फोरजी मोबाइल सेवा सुचारु गरिएको नेपाल टेलिकम पर्वतका कार्यालय प्रमुख नवराज रेग्मीले जानकारी दिए । सेवा सुचारु भएपछि भ्वाइससँगै उच्च गतिको अत्याधुनिक प्रविधिको फोरजीमार्फत् इन्टरनेट (मोबाइल डाटा) चलाउन सहज भएको कार्यालय प्रमुख रेग्मीको भनाइ छ ।

मोबाइल सेवा सञ्चालनमा आएपछि मोदी गाउँपालिका-३ को देउराली भुरुङगी, लाङदी, पुर्णगाउँ, डाँडाकमेरे, झिलीबराङ, वडा नम्बर ४ को लेसपार, क्याङ, खुँईजरी र वडा नम्बर ५ को बाजुङका झण्डै १२ सय घरपरिवार प्रत्यक्ष लाभान्वित भएको मोदी गाउँपालिका-३ का वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय घरमा क्षति माया खोला हाइड्रोपावरकाे आईपीओ खुला श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु राष्ट्रिय सभाको बैठक बस्दै