ताजा अपडेट »

बुवा–आमाको स्मृतिमा विद्यालयमा अक्षय कोष

मंगलबार, १५ चैत्र २०७८, २१ : ४६
14 Shares

बुटवल । श्री देविस्थान प्रा.वि.धुर्कोट ४ जैसिथोक गुल्मीमा आफ्नो स्वर्गीय बुबा र आमाको स्मृतिमा छोरा राज कुमार बिकले ६० हजार रुपैयाँको शैक्षिक अक्षय कोष स्थापना गरेका छन् । गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वडा नं. ४ जैसिथोक स्थायी घर भई हाल बुटवल–११ बस्दै आएका बिकले स्वर्गीय बुवा बाबुलाल बिक र आमा पुतला बिकको स्मृतिमा विद्यालयमा अध्ययनरत गरिब, दलित तथा जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षय कोषको स्थापना गरेका हुन् ।

कोषबाट दलित र गरीब मध्येबाट उत्कृष्ट हुने २ जना विद्यार्थीले बार्षिक रुपमा २ हजारका दरले छात्रावृत्ति पाउने गरि बाबुलाल पुतला स्मृती अक्षयकोषलाई रु ६० हजार र बुवाआमाको फोटो संयुक्तरुपमा राख्ने गरि थप रु १० हजार आर्थिक सहयोग गरेका हुन् ।
छोरा राजकुमार बिक र छोरी बाटुला बिकले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष धन बहादुर बिक लक्ष्मण लाई मंगलबार ७० हजार नगद हस्तान्तरण गरेका थिए । रकम लिँदै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बिश्वकर्माले कोषको रकम सदुपयोग गर्दै लक्षित विद्यार्थीमा पुर्याउने प्रतिबद्धता जनाए ।
उनले स्व.बाबुलाल बिश्वकर्माले दुःख कष्टका साथ यो स्कुल स्थापना गर्ने कार्यमा लागेको र उहाँको प्रेरणा ले नै थप अगाडि बढेको बताए । स्व. बुवाले प्रावि स्थापना गर्नका लागि महत्वपूर्ण भूमका खेलेको र बुवाको सपना सकार गर्न बुवाले देखाएको बाटो र देखेको सपना पुरा गर्न उक्त कोेष स्थापना गरेको छोरा राजकुमार बिकले बताए।
कार्यक्रममा बिद्यालय व्यवस्थापन समितीका सदस्य विरेन्द्र कुँवर ,राजन पोखरेल लगायतले बोल्दै स्वर्गिय बाबुलाल बिश्वकर्माले विद्यालय स्थापनामा गरेको योगदानको चर्चा गरेका थिए २०४५ सालमा बाबुलाल बिकको सक्रियतामा स्थापना भएको उक्त विद्यालयको उनी संस्थापक अध्यक्ष समेत रहेका थिए । उक्त विद्यालयमा अहिले कक्षा ५ सम्म पढाई हुने गर्दछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।