ताजा अपडेट »

बुटवलको कालिका माविलाई अन्तर्राष्ट्रिय 'स्कूल अवार्ड'

बुधबार, १२ माघ २०७८, ०६ : ०३
86 Shares

बुटवल। रुपन्देहीको बुटवलमा अवस्थित कालिका मानवज्ञान मावि अन्तर्राष्ट्रिय स्कूल अवार्डबाट सम्मानित भएको छ।यसअघि पनि कालिका मानवज्ञान मावि उक्त अवार्डबाट सम्मानित भएको थियो ।

हरेक तीन-तीन वर्षमा विद्यालयका क्रियाकलाप तथा शैक्षिक गतिविधिका आधारमा अवार्ड प्रदान हुने गर्दछ । प्राप्त अवार्ड तथा गरिमालाई निरन्तरता दिनु निकै चुनौतीपूर्ण रहेको विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष होम बहादुर गलामी बताउँछन् । विद्यालयले गर्दै आएको शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप र विद्यार्थी संख्या लगायत आधारमा मुल्यांकन गरि विद्यालय छनोट भएको हो ।

आगामी दिनमा पनि यसलाई निरन्तरता दिन हरप्रयास जारी राख्ने उनको भनाई छ । प्राप्त अवार्डले विद्यार्थीहरुलाई बाह्य ज्ञान र सीपसम्बन्धी जानकारी हुने हुँदा विद्यालयको शैक्षिक विकासमा टेवा पुग्ने उनले विश्वास लिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।