ताजा अपडेट »

बुटवलको कालिका माविमा जिल्ला स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता

मंगलबार, २८ मंसिर २०७८, १३ : २१
4 Shares

बुटवल । शैक्षिक क्षेत्रमा नेपालकै नमूना सामुदायिक शैक्षिक संस्था कालिका मानवज्ञान माध्यमिक विद्यालयमा प्रथम जिल्ला स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । आगामी पौष १ देखि ७ गतेसम्म सप्ताहव्यापी सञ्चालन हुने प्रतियोगितामा रुपन्देहीका शैक्षिक संस्थाहरु बीच १६ वटा विधामा प्रतिस्पर्धा हुने विद्यालयले जनाएको छ ।

विद्यालयको ६५ औं वार्षिक उत्सवका अवसरमा आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद ५० हजार पुरस्कार राशीसहित रनिङ्ग शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी द्वितीय हुने विद्यालयले ३० हजार तथा गृतीय हुने विद्यालयले २० हजार नगद राशी सहित कम मेडल तथा प्रमाणपत्रहरु प्राप्त गर्ने छन् । प्रतियोगिता बारे जानकारी गराउन मँगलबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानाध्यापक दिनेश थापाले प्रतियोगितामा जिल्लाका ३० बढी शैक्षिक संस्थाबाट हजार बढी विद्यार्थी प्रतिस्पर्धामा रहने बताए । प्रतियोगितमा १६ स्वर्ण, १६ रजत र १६ कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।

वि.स. २०७५ सालदेखि लगातार राष्ट्रिय ध्वजासहित पुरस्कृत एवम् सम्मानित हुँदै आएको यस विद्यालयले विगतका वर्षहरुमा बुटवल उपमहानगर स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्दै आएको थियो भने यो वर्षदेखि प्रतियोगितालाई जिल्ला स्तरीय बनाइएको विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सञ्चार सल्लाहकार महेन्द्र थापाले बताए । सप्ताहव्यापी मुख्य समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले समुद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम रहको छ । मूल समारोहका दिन पौष ७ गते विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षयकोषबाट छात्रवृत्ति विवरण, पुरस्कार वितरण, मार्च पास, विज्ञान तथा प्रविधि प्रदर्शन लगायतका कार्यक्रम हुने भएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको कालिका मानवज्ञानमा पर्याप्त दरबन्दी नहुँदा समस्या भइरहेको गुनासो गरे । शिक्षक दरबन्दीको अभावमा विद्यालयको आन्तरिक श्रोतले मात्रै व्यवस्थापन गर्न समस्या हुँदा विद्यार्थीबाट समेत शुल्क असुल्न परेको गुनासो उनले गरे । विद्यालयमा भौतिक संरचनाहरु समेत विद्यार्थी संख्याको तुलनामा कम हुँदै गएको बताउँदै उनले त्यसका लागि पनि पहल भइरहेको उल्लेख गरे ।

विद्यालयको सप्ताहव्यापी कार्यक्रम अन्तरगत छात्राबास भवनको उद्घाटन तथा ९ कोठाको नयाँ बन्ने भवन शिलान्यास कार्यक्रम समेत तय गरिएको छ । विद्यालयका खेलकूद शिक्षक हरी ओलीले वार्षिक रुपमा विद्यालयले सञ्चालन गर्ने आन्तरिक प्रतियोगिताहरु सम्पन्न भइसकेको जानकारी गराएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।