२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

बुटवल । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको भवन स्थायी राजधानी भालुवाङमा बन्ने भएको छ । आईतबार भालुवाङमा महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरीको अध्यक्षता, महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमको प्रमुख आतिथ्यतामा बसेको बैठकले अर्घाखाँचीको शितगंगा नगरपालिकाबाट प्राप्त ३ रोपनी जग्गामा सुविधा सम्पन्न प्रदेश कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको हो । भवन निर्माणको लागि अध्यक्ष गिरीको संयोजकत्वमा भवन निर्माण समिति गठन गरिएको महासचिव बिक्रम खड्काले जानकारी दिए ।

Advertisement

महासंघ लुम्बिनी प्रदेशको भवन निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ मा ५० लाख बजेट विनीयोजन गरेको छ । बैठकले भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने शीतगंगा नगरपालिका र पहल गर्ने महासंघको अर्घाखाँची शाखाप्रति धन्यवाद तथा आभार प्रकट गरेको छ ।

बैठकले प्रदेशभित्रका सबै पत्रकारहरुको दुर्घटना विमा गर्ने, पत्रकार कल्याणकारी कोष स्थापना गर्ने, अन्तर्राष्ट्रिय मिडिया सम्मेलन लुम्बिनीमा आयोजना गर्ने पनि निर्णय गरेको महासचिव खड्काले बताए । त्यसैगरी रुकुम पूर्वमा मंसिर मसान्तसम्म महासंघको शाखा गठन गर्ने, प्रदेशसभामा पेश भएको सन्चारसम्बन्धी विधेयक तत्काल फिर्ता गरि पुनर्लेखन गर्न प्रदेश सरकारसँग माग गर्ने लगाएतका निर्णय गरिएको खड्काले जानकारी दिए । बैठकले प्रदेश समितिका सदस्य विन्दुकुमार चौहानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

विभिन्न ५ विभागहरु गठन

पत्रकार महासंघ लुम्बिनी प्रदेशले विभिन्न ५ विभागहरु गठन गरेको छ । आज बसेको बैठकले संगठन विभागको संयोजकमा महासचिव विक्रम खड्कालाई चयन गरेको छ । यस्तै प्रकाशन विभाग संयोजक केशरमान बुढाथोकी, अनुशासन विभाग संयोजक शुक्रऋषि चौलागाईं, महिला विभाग संयोजक चुमा आचार्य, समावेशी विभाग संयोजक शिव सुनारलाई चयन गरेको छ । प्रकाशन विभागले ‘लुम्बिनीको पत्रकारिता’ नामक इतिहास लगायतका पुस्तक प्रकाशन गर्नेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ? नागरिकता विधेयक : मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश