२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

लमजुङ । चिसो मौसममा बेसी र गर्मीमा लेकका खर्कमा राखिने भेडीगोठबाट किसानले मनग्य आम्दानी गरेका छन् । लमजुङका विभिन्न भेगका किसानले घुम्ती भेडीगोठ राख्ने गरेका छन् । लमजुङमा साविवको १९ गाविसमा ९१ वटा घुम्ती भेडीगोठ छन् । ८५८ घरपरिवारले घुम्ती भेडीगोठ राखेको भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र लमजुङका प्रमुख रुपेश श्रेष्ठले बताए । ती भेडीगोठमा करिब २५ हजार भेडा छन् ।

Advertisement

पशु सेवा कार्यालयले गरेको अध्ययनमा घुम्ती भेडीगोठबाट किसानले वर्षिक २०० मेट्रिक टन भेडाको मासु उत्पादन गर्ने गरेका छन् । प्रतिकिलो ५०० का दरले भेडाको मासु बिक्री हुने गरेको छ । सबै किसानले गरी भेडाको मासुबाट मात्र वार्षिक १० करोड आम्दानी गर्छन् । भेडाको मासुमा जिल्ला आत्मनिर्भर रहेको कार्यालयको दाबी छ । 

भेडीगोठबाट वार्षिक पाँच हजार किलो ऊनसमेत उत्पादन हुने गरेको छ । किसानले उत्पादितमध्ये आधाजसो ऊन नै र बाँकीको राडीपाखीलगायत बनाएर बिक्री गर्ने गरेका छन् । ऊनबाट मात्र वार्षिक दुई लाख ५० हजार आम्दानी हुने गरेको कार्यालयको तथ्यांक छ ।

घुम्ती भेडीगोठमा करिब आठ हजारभन्दा बढी बाख्रा, खसीबोका पनि छन् । खसीबोकाको मासु वर्षिक १२० मेट्रिक टन उत्पादन हुने र यसबाट करिब ६ करोडभन्दा बढी आम्दानी किसानले गर्ने गरेका छन् । भेडीगोठका भेडा, खसीबोका बढी पोखरा, काठमाडौ लगायतका ठूला सहरमा मासुका लागि निर्यात हुने गरेकाे छ ।  

‘भेडीगोठबाट आम्दानीको सम्भावना धेरै छ ।  तर, किसानले अपेक्षित आम्दानी गर्न सकेका छैनन्’, भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र लमजुङका प्रमुख रुपेश श्रेष्ठले भने, ‘भौगोलिक विकटता, राज्यको न्यून पहुँच र कमजोर व्यवस्थापनका कारण किसानले अपेक्षित आम्दानी गर्न सकेका छैनन् ।’

जिल्लाका सबै भेडीगोठालेहरूलाई एकीकृत गरी समूह गठन गरिएको पशु कार्यालयका प्रमुख श्रेष्ठको भनाइ छ । स्थानीय तहले कृषि र पशुपालनको क्षेत्रमा भने बजेट विनीयोजन नगरेको उनको भनाइ छ । यसवर्ष ८० हजार भेडा र बाख्रालाई पीपीआर (भेडाको महामारी) विरुद्धको खोप लगाइएको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ पूर्वराज्यमन्त्री महेश चौधरीको निधन दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ