ताजा अपडेट »

एमाले पालिका अधिवेशन: दाङका पाँच पालिकामा सर्वसम्मत

बुधबार, १० कार्तिक २०७८, ११ : २७
6 Shares

दाङ । नेकपा एमालेले दाङका पाँचवटा पालिकामा मात्र नेतृत्व टुंगो लगाएको छ । १० वटा स्थानीय तहमध्ये पाँच पालिकामा सर्वसम्मतबाट नयाँ नेतृत्व छनोट गरेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिए । उनले बाँकी पाँच पालिकामा पनि सर्वसम्मतको प्रयास भए पनि अहिलेसम्म सर्वसम्मत हुन नसकेको बताए ।

उनका अनुसार अहिलेसम्म घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका, शान्तिनगर गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा नयाँ नेतृत्व टुंगो लागेको छ । गढवा गाउँपालिकामा बाबुराम अधिकारीको अध्यक्षतामा ५३ सदस्यीय गाउँपालिका कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा मदा न्यौपाने, सचिवमा शिवराज पन्थी, उपसचिवमा केशरी गिरी र मानबहादुर वली चयन भएका छन् । 

त्यसैगरी राजपुर गाउँपालिकामा हेमकुमार जीसीको अध्यक्षतामा ४१ सदस्यीय कमिटी बनेको छ । उपाध्यक्षमा गोविन्द नेपाली, सचिवमा मन्साराम यादव, उपसचिवमा सिमाली झाँक्री र लोकबहादुुर खड्का चयन भएका छन् । बंगलाचुलीमा पुष्पराज भण्डारीको अध्यक्षतामा ४७ सदस्यीय कमिटी बनेको छ । उपाध्यक्षमा भीमबहादुर खत्री, सचिवमा भोजराज पन्त र उपसचिवमा धनबहादुर खड्का चयन भएका छन् । 

यसैगरी घोराही उपमहानगरपालिकामा भुवन चौधरी अध्यक्षमा निर्वाचित भएका छन् । घोराहीमा चौधरीको अध्यक्षतामा ७९ सदस्यीय नयाँ कमिटी गठन भएको हो । नवगठित कमिटीको उपाध्यक्षमा तारा पुरी, सचिवमा इन्द्र बुढाथोकी, उपसचिमा काशी खनाल र कुलबहादुर गोतामे चयन भएका छन् ।

यस्तै, नेकपा एमाले शान्तिनगर गाउँपालिकाको अध्यक्षमा धनबहादुर केसी, उपाध्यक्षमा थम्मन कनौ, सचिवमा टीकाराम रिजाल, उपसचिवमा राकेश बुढाथोकी र शान्ति कँडेल चयन भएका छन् । शान्तिनगरमा ४३ सदस्यीय कमिटी बनेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।