ताजा अपडेट »

‘सामाजिक विकासमा रोटरीको भूमिका’ विषयक बक्तृत्वकला

शुक्रबार, ०३ असोज २०७६, २३ : १२
6 Shares

क्याननका बिक्रम प्रथम,स्कलर्स होमकी नबिना द्धितिय


असोज ३,
ग्लोबल आवाज
बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनले ‘सामाजिक विकासमा रोटरीको भूमिका’ भन्ने विषयमा बिद्यालय स्तरिय बक्तृत्वकला सम्पन्न गरेको छ । रोट्रयाक्ट क्लब अफ बुटवल रामापिथेकस, रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउन, रोट्रयाक्ट क्लब अफ सिनर्जीको संयुक्त आयोजनामा भएको कार्यक्रममा रुपन्देहीका ११ वटा विद्यालयबाट सहभागि भएका थिए । कार्यक्रममा क्यानन बोर्डिङ स्कुलका बिक्रम भन्डारी प्रथम र स्कलर्स होम बोर्डिङ स्कुलकी नबिना भुसाल दोास्रो र दिप बोर्डिङ स्कुलकी ग्रिश्मा पोखरेल तेस्रो र बुद्ध पब्लिक स्कुलकी दिया नैपानेले सान्त्वना स्थान प्राप्त गरेकी छन् ।

उनीहरुले क्रमशः नगद १२ हजार, ८ हजार ,५ हजार, २ हजार र शिल्ड,सर्टिफिकेट र एक–एकथान सोलार लाइट प्राप्त गरेका थिए । सो अवसरमा बोल्दै रोटरी डिष्ट्रिक्ट अवार्ड कमिटी चियर नुगल आनन्द वैद्यले रोटरी क्लबहरुले सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले रोटरी क्लबहरुले शिक्षा स्वास्थ्य खेलकुद लगाएतका विभिन्न बिषयहरुलाई प्राथमिकताका साथ अगाडि बढाएको बताए ।

कार्यक्रममा रोटरी डिष्ट्रिक्टका एसिष्टेण्ट गभर्नर इन्द्र रिसाल, राजेन्द्र ढकाल, प्याब्सन नेपालका प्रज्ञायिक सल्लाहकार कृष्ण खनाल अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष देउ प्रकाश राई लगाएतले आफ्ना भनाई राखेका थिए ।
रोटरी डाउनटाउनका अध्यक्ष तुल्सी घिमिरेको अध्यक्षता तथा कार्यक्रम सयोजक एवम् रोटरीका एडमिन डाइरेक्टर बाबुराम बञ्जाडेको सञ्चालनमा भएको थियो कायक्रममा बुटवल बहुमुखी कयम्पसका सहायक प्रमुख प्रकाश पौडेल, नवलपरासी प्याब्सन सदस्य गणेश डुम्रे र भिम राज श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।