ताजा अपडेट »

अमर माविका विद्यार्थीलाई शैक्षिक सामग्री तथा ब्याग वितरण

शनिबार, ०६ कार्तिक २०७८, २० : १६
10 Shares

बुटवल । किवानीज ईन्टरनेश्नल सेन्टर बुटवलले बुटवल उपमहानगरपालिका–१९ को मनोहरापुर स्थित अमर माविका विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेको छ । किवानीज वन डे को अवसरमा क्लबले शनिबार विद्यालयका २३ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई कापी, कलम, पेन्टिङ सामग्रीसहित शैक्षिक सामग्रीको ब्याग हस्तान्तरण गरि दिवस मनाएको हो । हरेक वर्ष २३ अक्टोबरका दिन किवानीज वन डे का रुपमा मनाइंदै आएको अध्यक्ष टिकाराम पाण्डेले बताए ।

एक कार्यक्रमका बीच क्लबका अध्यक्ष टिकाराम पाण्डे, निर्वाचित अध्यक्ष गोपाल ज्ञवाली, निवर्तमान अध्यक्ष मनोज राना, प्रदेश संयोजक तथा संस्थापक अध्यक्ष बालकृष्ण अर्याल, पुर्व अध्यक्ष विष्णुप्रसाद चापागाई, सचिव सागर गौतम, सदस्यहरु निरज श्रेष्ठ, ओमप्रसाद अर्याल, विद्यालयका प्राचार्य मातृका प्रसाद वाग्ले लगायतको उपस्थितीमा सामग्री हस्तान्तरण गरेका थिए ।

बुटवल उपमहानगरपालिका भित्र रहेपनि पिछडिएको सो विद्यालयलाई रोजेर वार्षिक कार्यक्रम गर्दै आएको प्रदेश संयोजक तथा संस्थापक अध्यक्ष बालकृष्ण अर्यालले बताए । यसैगरि कक्षा १ देखि ५ सम्मका २३ जना विद्यार्थी बीच खुला चित्रकला प्रतियोगितासमेत गरिएको छ । बालबालिकाहरुलाई रुचि अनुसार विभिन्न चित्र कोरेर रंगरोगन गरेका थिए । प्रतियोगितामा दिपा थारु प्रथम, आशिका थारु द्वितीय तथा राहुल यादव र सिजन परियार तृतीय भए । सान्त्वना हुने रामनारायण यादव र अश्विन यादव सान्तत्वना भए । प्रतियोगिताका विजेताहरुलाई नगद राशीसहित पुरस्कार प्रदान गरिएको थियो ।

किवानीजले विश्वब्यापी रुपमा आयोडिन युक्त नुन अभियान चलाएको छ । विश्वब्यापी रुपमा रहेको क्लबको हाल रुपन्देहीमा ३ वटा शाखाहरु छन् । विद्यालय परिसरमा निर्माण गरिएको फलामे पिङसमेत हस्तान्तरण गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।