४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–८ दीपनगर स्थित जनभावना माध्यामिक विद्यालयले नेपाल सरकारले प्रदान गर्ने विभिन्न छात्रवृत्तिमा नाम निकाल्न सफल भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी एमबिबिएस÷बिडिएस र बिएस्सी एजीमा छात्रवृत्तिमा नाम निकाल्न सफल तीन जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

Advertisement

विद्यालयबाट माध्यामिक तह उत्तीर्ण गरेका सुजाता कठेरियाले २०७८ मा एमबिबिएस/बिडिएस, भुवन थारुले २०७५ मा विएस्सी एजी र शुभेच्क्षा ढकालले २०७६ मा बिएस्सी एजीमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्ष कृष्णप्रसाद पौडेलले तिलोत्तमा नगरपालिकाका सामुदायिक विद्यालयहरु अब्बल बन्दै गैरहेको बताए ।

उनले जनभावना माविका विद्यार्थीहरुले नेपाल सरकारले प्रदान गर्ने छात्रवृत्ति प्राप्त गर्नु गुणस्तरीय शिक्षाको प्रमाण भएको बताउँदै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु पनि अव्बल र सक्षम हुन्छन भन्ने मान्यता स्थापित हुँदै गएको स्पष्ट पारे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर थापाले शैक्षिक गुणस्तर वृद्धिसँगै विद्यालयमा भौतिक पूर्वाधार विकासका काम समेत अघि बढिरहेको बताए । विद्यालयका प्रधानाध्यापक शम्भुप्रसाद पराजुलीले समयको माग अनुरुप विद्यार्थीका लागि अध्ययनको वातावरण निर्माणमा विद्यालय प्रतिबद्ध रहेको स्पष्ट पार्दै विद्यालयमा थप अर्को सुविधासम्पन्न भवन निर्माणको लागि डिपिआरको काम अघि बढेको जानकारी दिए ।

शिक्षक शालिकराम भुसालको सञ्चालन तथा शिला घिमिरेको स्वागतमा कार्यक्रम भएको हो । विद्यालयमा हाल झण्डै ७ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

अवरुद्ध सिद्धार्थ राजमार्ग चालु नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना बुटवलमा काटेर राखिएका ३० हेक्टर क्षेत्रफलको धान बाली क्षेति पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को स्पान पनि भासियो ‘सन् २०२२ सम्म कोभिड महामारी’ पुरानै लयमा फर्किदै छ बेनी बजार विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन चितवनको ३० प्रतिशत धानबालीमा क्षति बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती सिद्धार्थ राजमार्ग अवरुद्ध बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु बाढी-पहिराेमा परी हालसम्म ९५ जनाको मृत्यु, ३६ बढी बेपत्ता [कुन जिल्लामा कति ?]